logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्रचण्ड माधव समुहकाे आन्दोलनमा नारा ‘जहाँ ओली त्यहा भ्रष्टाचार’


  • राजनीति
  • बिहिबार, फाल्गुन ६ २०७७

प्रतिनिधि सभा विघटन, महंगी र भ्रष्टाचार विरुद्ध चौथो चरणको आन्दोलन अन्तर्गत नेकपा प्रचण्ड–माधव पक्षले काठमाडौँको टुँडिखेलमा मानव साङ्लो प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमको विपक्ष तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सांकेतिक रुपमा मानव साङ्लो बनाएर विरोध गरिएको नेकपा नेता योगेश भट्टराईले जानकारी दिए ।

मानव साङ्लोका लागि केन्द्रीय तहका नेताका साथै विभिन्न जनवर्गीय संघठनका नेता कार्यकर्ता सहभागी थिए ।
मानव साङ्लोमा सहभागीहरुले ‘प्रतिनिधि सभाको असंवैधानिक विघटन खारेज गर, प्रतिगमन रोक्छौँ रोक्छौँ,बढ्दो महँगी नियन्त्रण गर, ओली जहाँ भ्रष्टाचार त्यहाँ’ जस्ता नारा लेखिएका पम्प्लेटहरु शरीरमा टाँसेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार