logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

ओलीलाई २३ नेताले छाेडे, प्रचण्ड माधव समुहमा प्रवेश


  • राजनीति
  • बिहिबार, फाल्गुन ६ २०७७

लमजुङमा नेकपा ओली समुह परित्याग गरी पुर्वगाविस अध्यक्षसहित २३ जना प्रचण्ड-नेपाल समुहमा प्रवेश गरेका छन्। तत्कालीन नेकपा एमालेका जिल्ला सचिवालय सदस्य तथा भलायखर्क गाविसका पुर्व अध्यक्ष ऋषिकेश घिमिरे, वुद्धिजिवी परिषद् लमजुङका अध्यक्ष मातृका खनाल, जिल्ला कमिटी सदस्य कृष्णबहादुर केसी लगायत २३ जनाले सामुहिक रुपमा ओली समुहलाई गरेको समर्थन फिर्ता लिएको र प्रचण्ड नेपाल समुहको नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध भएको घोषणा गरेका छन्।

बुधबार नेपाल कम्युनिष्ट पाटी प्रचण्ड-नेपाल जिल्ला कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा २३ जनाले हस्ताक्षरसहित प्रतिगमनको विरुद्ध एकतावद्ध भई अगाडि बढ्ने प्रतिवद्धता जनाएका हुन्। पुर्व गाविस अध्यक्ष समेत रहेका तत्कालीन नेकपा एमालेका सचिवालय सदस्य ऋषिकेश घिमिरेले ओली समुहले कार्यकर्ता व्यवस्थापन तथा योगदानको कदर गर्न नसकेको भन्दै आफुहरु प्रचण्ड नेपाल समुहमा प्रतिगमनको विरुद्धमा एक्येबद्धता जनाएको बताए।

यस्तै कार्यक्रममा बोल्दै प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवप्रसाद गुरुङले केपी शर्मा ओलीले एकाधिकार दलाल, नोकरशाही, पूँजीवादलाई संरक्षण गरिरहेको बताए। उनले भने ‘यसले ‘भ्रष्टाचार’ र ‘कमिसन’को खात लागेको छ यसको अन्त्य नगरे मुलुक पुरै कंगाल बन्नेछ।’

नेता गुरुङले संसद विघटनपछि सरकार संवैधानिक नभएकाले कामचलाउ सरकारले गरेका निर्णय संवैधानिक नहुने बताए। वैधानिकता नभएको सरकारले पूर्ण सरकारजस्तो गरी मन्त्री नियुक्ति गर्ने, संवैधानिक अंगहरु नियुक्ति गर्ने, विदेशीहरुसंग सन्धी-संझौता गरिरहेको भन्दै नेता गुरुङले संसद पुनस्थापनापछि यो सबै खारेज हुने बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार