logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

द्धन्द्धपिडितलाई सम्बाेधन गर्न विशेष कार्यदल, घाउ ‘क्षमा गर बिर्स’बाट प्रेरित हुन ओलीकाे आग्रह

मैना सुनुवारजस्ता जघन्य अपराधका दाेषीमाथी कार्वाही गर्ने प्रतिबद्धता


  • राजनीति
  • शुक्रबार, फाल्गुन ७ २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले विगतको स’श’स्त्र द्व’न्द्व’पी’डि’तको स’म’स्या सम्बोधनका लागि एक विशेष कार्यदल बनाउने बताएका छन् । आफ्ना पी’डा अवगत गराउन आज प्रधानमन्त्री निवास बालुवाटार पुगेका द्व’न्द्व’मा मा’रि’एका सुरक्षाकर्मीका परिवार तथा घाइते सुरक्षाकर्मीसँगको छलफलमा उनले कार्यदल बनाई द्व’न्द्व’पी’डि’तको स’म’स्या समाधान गरिने बताए ।

उनले अब क्षमा र पीडितलाई आवश्यकताअनुरुपको सहयोगमार्फत द्व’न्द्व’का घा’उलाई क्रमशः पुर्दै लैजानुपर्नेसमेत बताए । प्रधानमन्त्री ओलीले राज्यले शान्तिसुरक्षाका लागि खटाएका, रा’ज्य’वि’रु’द्ध ह’ति’या’र उठाउनेका तर्फबाट ल’डे’का र कुनै पक्षमा सामेल नभए पनि आशङ्का वा रिसिइवीमा मा’रि’एका गरी तीन धारका द्व’न्द्व’पी’डि’त रहेको उल्लेख गर्दै भने, “जता पट्टिबाट गो’ली चलेर मा’रि’ए’को होस्, तिनमा आश्रित एकल महिला, उनका अभिभावक उनमा आश्रित सन्तानको पी’डा उस्तै उस्तै छन् ।”

निवृत्तिभरण (पेन्सन) केही पनि नपाउने द्व’न्द्व’पी’डि’तका परिवार अरुभन्दा बढी समस्यामा रहेको पनि प्रधानमन्त्रीको भनाइ थियो । “द्व’न्द्व’र’त कुनै पक्ष मै नभएका राजनीतिक कार्यकर्ता र सर्वसाधारण जनता पनि थुपै सङ्ख्यामा पी’डि’त रहेका छन्”, उनले भने, “यी सबै पक्षको माग कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा सम्बद्ध सबैसँग बसेर छलफल गरी निष्कर्ष निकाल्नुपर्छ ।”

जुनसुकैतर्फबाट ल’डे’को भए पनि अब प्रतिशोधको राजनीति गर्न नहुने पनि उनको धारणा छ । “अब ‘क्ष’मा गर र विर्स’ को भावबाट जानुपर्छ” , प्रधानमन्त्रीले भने । यद्यपि मैना सुनारको जस्तो ज’घ’न्य र ग’म्भी’र प्रकृतिका घ’ट’नामा भने जोसुकैले पनि स’जा’य पाउने उनले स्पष्ट पारे ।

द्व’न्द्व’मा मृ’त’क’का परिवार वा घा’इ’ते’बाहेक बहिर्गमित ल’डा’कुको समेत अर्को खालको समस्या रहेको प्रधानमन्त्रीले उल्लेख गरे । “तीन चार वर्ष क्यान्टोनमेन्टमा बस्दा त्यो किशोरले शुरुमा देखेको सपना भाँच्चिइसकेको हुन्छ, उमेर कटेपछि अर्को सपना देख्ने ठाउँ नै हुँदैन”, उनले भने ।

कार्यक्रममा द्व’न्द्व’पी’डि’त सुरक्षाकर्मीका परिवारकातर्फबाट रिता सेनले स’श’स्त्र द्वन्द्वकालमा आफ्नो कर्तव्यपालन गर्दा कूल दुई हजार ८९४ सुरक्षाकर्मी मा’रि’एका र झण्डै एक हजार व्यक्ति घा’इ’ते भएको बताए । ती सुरक्षाकर्मी आश्रित परिवार र घा’इ’ते प्रहरीको अवस्था दयनीय रहेकोे पनि उनले उल्लेख गरे ।

ज्या’न जो’खि’ममा राखेर कर्तव्य पालना गर्ने प्रहरीको परिवारलाई राम्रै गरी राहत दिन सकिएमा अहिले कार्यरत जवान सुरक्षाकर्मी समेतको मनोबल उच्च हुने उनको भनाइ थियो । सरकारले मृ’त’क सुरक्षाकर्मीलाई शहीद घोषणा गरे पनि आफूहरुले त्यसबापत केही नपाएको र सत्यनिरुपण तथा मेलमिलाप आयोगले आफूहरुलाई ‘पी’ड’क’ भन्ने गरेको पनि उनले बताए ।

छलफलमा गृहमन्त्री रामबहादुर थापा र सरकारका उच्चपदस्थ अधिकारीको सहभागिता रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार