राजनीति
आफ्नै पार्टीले नै आवश्यक्ता ठानेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जनसेनाका पूर्वल’डाकु टोलीले सुरक्षा दिने प्रबन्ध मिलाइएको छ । प्रचण्डको सुरक्षामा युवा संघका नेताहरुलाई खटाइएसँगै सामाजिक सञ्जालमा यो विषयको बारेमा विभिन्न टिकाटिप्पणीहरु सुरु भएका छन् ।
धेरैले यसलाई प्रचण्डको ‘सुरक्षा थ्रेट’लाई ध्यानमा राखेर गरिएको कदमको रुपमा लिएका छन् । यसैबीच केहीले यो विषयलाई लिएर ‘द्व’न्द्वको मानसिकता’को रुपमा समेत व्याख्या गरेका छन् ।
विशेषतः ५ पुसमा प्रधानमन्त्री समेत रहेका खड्गप्रसाद ओलीले प्रतिनिधि सभा विघटन गरेपछि उत्पन्न राजनीतिक सम’स्याले जन्माएको एक परिस्थिति हो । यसबीचमा आ’लोचना र समर्थन गर्दा धेरैले नियतबस गरेको देखिन्छ ।
लामो समयदेखि दिइदैं आएको भिभिआईपीहरुको सुरक्षा निकै वि’वादमा रहेको कामचलाउ सरकारका प्रधानमन्त्रीले कटौती गरे । ठूलो संख्यामा यसअघि सुरक्षा घेरामा रहने प्रचण्डसहितका पूर्वप्रधानमन्त्रीलाई सरकारको उक्त सेवा कटौती गरेको हो । त्यसपछि उनको पार्टीले आवश्यक्ता ठानेर प्रचण्डको सुरक्षामा पूर्वल’डाकु टोली खटाइएको बताएको छ ।
पछिल्लो नेपालको अवस्था हेर्दा‘सुरक्षा थ्रे’ट’ भएका नेता मद्य्य प्रचण्ड पनि पर्छन् । सार्वजनिक कार्यक्रमको भिडभाडलाई व्यवस्थित गर्ने र सबैभन्दा बढी सुरक्षा आवश्यक पर्ने नेता भएकाले उनलाई सुरक्षा संयन्त्र बढी चाहिने आवश्यक्ताको महसुस पार्टीले गरेको बताइएको छ । त्यसै अनुसार जनयु’द्धका बटालियन कमाण्डर समेत रहेका प्रकाश पाण्डे ‘परलोक’ को नेतृत्वमा १० सदस्यीय सुरक्षा टोली गठन भएको हो ।
विशेषगरी ओलीको कदमपछि देखिएको राजनीतिक उतारचढावकाबीच भिभिआईपीहरुको सुरक्षा कटौती भएको हो । यसलाई धेरैले ओलीको गलत मनासयसहितको निर्णय भनिरहेका छन् । खासगरी चर्कंदो वि’वादकाबीच भएको सुरक्षा कटौतीलाई स्वीकार गर्दै आफ्नो नेताको सुरक्षा दिन तत्पर कार्यकर्ताका बारेमा सामाजिक सञ्जालमा भइरहेका टिप्पणीप्रति नेकपाका नेताहरुको ध्यानाकर्षण भएको बुझिन्छ ।
अझ, प्रतिनिधिसभा विघटनपछि प्रचण्ड दैनिकजसो विभिन्न सार्वजनिक कार्यक्रममा सरिक भइरहेका छन् । ठूला–ठूला आमसभा र कार्यक्रममा सरिक हुँदा उनीमाथि हुने हरेक निगरानीका लागि आवश्यक पर्ने भएकाले स्वयंसेवकको भूमिकामा उनीहरुलाई खटाइएको जनमुक्ति सेनाका पुर्ब क’मान्डर तथा हाल युवा संघका संयोजक रामप्रसाद सापकोटा दीपशिखाले जानकारी दिएका छन् । साथै, उनले यो विषयलाई अतिरन्जित नगर्न समेत भनेका छन् ।
उनले भनेका छन्, ‘सरकारले अध्यक्ष प्रचण्डलाई दिदै आएको सुरक्षाकर्मि कटौति गरेपछि देशव्यापी हुने कार्यक्रम र अन्य कार्यक्रमको सहजिकरणका लागि राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय नेता प्रकाशचन्द्र पाण्डेको नेतृत्वमा एक टोलिले स्वंयमसेवकिय भुमिका निर्वाह गरिरहेको छ । यो भुमिकामा यो टोलि करिब २ महिनादेखि परिचालित नै थियो । यसलाई अतिरंजित नगरौं ! उहाँको सुरक्षा संवेदनशिलतालाई विचार गर्ने र सुरक्षा दिने दायित्व राज्यको हो, राज्यले नै गर्नुपर्छ ।’
यसैपनि असहज परिस्थिति भइरहेको बेलामा सरकारबाट पाइरहेको सुरक्षा कटौती गरेपछि पार्टीले नै आवश्यक्ता ठानेर उक्त निर्णय गरिएको लामो समय सम्म प्रचण्डको सुरक्षामा सचिवालयमा बसेका जनमु’क्ति सेनाका पुर्व कमान्डर तथा हाल नेकपा केन्द्रीय सदस्य युवराज दुलाले जानकारी दिए । आन्दोलनको पक्षलाई मनौवैज्ञानिक रुपमा कमजोर बनाउन नियतवस सुरक्षा कटौती गराइएको उनको आ’रोप छ । सरकारबाट पाउने सुविधा नपाएपछि पार्टीले नै गरेको उक्त निर्णयलाई सामाजिक सञ्जालमा अतिरजिंत गर्नु उपयुक्त नभएको उनको ठम्याई छ । बा’ध्यात्मक परिस्थितिलाई ध्यानमा राख्दै पार्टी कार्यकर्तालाई नै स्वयंसेवीको रुपमा प्रचण्डको सुरक्षार्थ खटाइएको बताइएको छ ।
पूर्वलडा’कुको नाम जोडेर किन आ’तकिंत ?
यसैपनि शान्ति सम्झौता पछि विभिन्न कमिटीहरु गठन भए । तत्कालिन नेकपा माओवादीको यु’द्धकालिन जिम्मेवारी सबै शान्ति प्रक्रियामा आएपछि ‘ढिसमिस’ भएका थिए ।
प्रकाश पाण्डेलाई प्रचण्डको सुरक्षा दस्ताको जिम्मेवारी दिइएका खबरहरु आएपछि एकाएक उनको यु’द्धकालीन जिम्मेवारीसँग जोडेर धेरै समाचारहरु बने । तर, उनको विगतसँग अहिलेको अवस्थाको लेखाजोखा हुन नहुने दुलाल बताउँछन् । ‘यु’द्धमा जुन जुन जिम्मेवारीमा भएपनि अहिलेको अवस्थालाई मध्यनजर गर्द त्यसको जिम्मेवारी दिइएको हो । अहिले प्रहरी र युवाहरु मिलेर अध्यक्षको सुरक्षा प्रबन्ध मिलाउनुहुन्छ । यो आजको आवश्यक्ता हेरेर गरिएको निर्णय हो ।’ उनले भने ।
त्यसोत, सुरक्षा जिम्मा लिएका प्रकाश जनयु’द्धका बटालियन कमाण्डर पनि हुन् । उनी लगायत प्रचण्डको सुरक्षार्थ खटिएको टोलीसँग यु’द्धकालिन मार्चपासका सबैखाले ज्ञान छन् । यी विषयहरुलाई जोडेर केहीले सामाजिक सञ्जालमा ‘द्व’न्द्वको मानसिकता’ भएको पनि बताएका छन् ।
पटक–पटक सार्वजनिक मन्चबाट द्व’न्द्व गर्नु आफ्नो उद्देश्य नभएको प्रचण्ड स्वयं बताउँदै आएका छन् । अहिलेको परिस्थितिमा प्रचण्डलाई स्वयंसेवकको भूमिकामा हेर्न नहुने भन्दै ‘ओलीको प्रतिगमनविरु’द्ध लाग्दा कहिँकतै असहज नहोस्’ भन्न र व्यवस्थित बनाउनका लागि सुरक्षा टोली खटाइएको दुलाल बताउँछन् ।