logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सकियाे पेरिसडाँडा बैठक, जुनसुकै बेला तयार रहन निर्देशन


  • राजनीति
  • शुक्रबार, फाल्गुन ७ २०७७

प्रधानमन्त्री केपि ओलीले प्रतिनिधि सभाा विघठनसंगै विभाजन भएकाे नेकपा अझै कानुनतः दुुुइ पार्टी भईसकेकाे छैन् । नेकपा सत्ता संघर्ष निकै पेचिलाे बनेकाे विभाजित दलकाे प्रचण्ड माधव समूह प्रतिगमनकाे संज्ञा दिदै सडकमा छ । यता ओली नेतृत्वको नेकपाकाे समूह वैसाखमा निर्वाचन भन्दै हिडेकाे छ ।

प्रतिनिधिसभा विघठन विरुद्ध सर्वोच्च मा परेको मुद्दामा संवैधानिक इजलासकाे बहस आजबाट सकिएकाे छ । अब केही दिनमा यसकाे अन्तिम फैसला आउने अपेक्षा गरिएकाे छ । तर अदालतकाे जुनसुकै फैसलाले मुलुक मा संकट उत्पन्न हुने निश्चित छ।

सरकार काे निर्णय सदर हुदा प्रचण्ड माधव समुहकाे सडक आन्दोलन बदर हुदा प्रधानमन्त्री ओलीले चाल्नेे कदम दुवै भयानक हुने देखिन्छ ।

याेे अवस्थालाई मध्यनजर गरि नेकपा प्रचण्ड–माधव समूहले आफ्ना केन्द्रीय सदस्यलाई जुनसुकै बेला जस्तोसुकै निर्णय लिनुपर्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाडाँमा बसेको केन्द्रीय कमिटीको अनौपचारिक बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले केन्द्रीय सदस्यहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

‘जुनसुकै बेला जस्तोसुकै निर्णय निर्णय लिनुपर्ने हुन्छ, तपाईंहरु तयारी अवस्थामा रहनुहोला । दुवै अध्यक्षको सार यही थियो’, एक केन्द्रीय सदस्यले भने । शुक्रबारको बैठक झण्डै दुई घण्टा चलेको छ ।

बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराएका थिए ।

संसद् विघटन विरुद्ध उक्त पार्टीले गरिरहेको आन्दोलन र त्यसको परिणामबारे जनसंघर्ष समितिका संयोजक एवम् पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराएका थिए ।

बैठकमा प्रचण्ड, नेपाल र श्रेष्ठले संसद् विघटन विरुद्धको आन्दोलनलाई बलियो समर्थन मिल्दै गएको निष्कर्ष सुनाएका थिए । ‘यो अवधिमा संसद् विघटनको निर्णय प्रतिगमन हो भन्ने सिद्ध भएको छ ।

नागरिक समाज, बौद्धिक, बुद्धिजिवी, पूर्वप्रधानन्यायाधीहरु, पेशाकर्मी, आमसञ्चार माध्यमहरु लगायतले यो सरकारको कदमलाई प्रतिगमन भनिसकेको छ’, श्रेष्ठले भनेका थिए ।

हिजो मात्रै केन्द्रीय सदस्यहरुलाई यो समूहले नागरिकता सहित पेरिसडाडाँमा बोलाएको थियो । बैठकमा उपस्थित केन्द्रीय सदस्यहरुले नागरिकताको प्रतिलिपी बुझाउँदै हस्ताक्षर गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार