logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

ओली सरकारकाे गृहमन्त्री बन्दिन : गाैतम


  • राजनीति
  • शुक्रबार, फाल्गुन ७ २०७७

नेकपा संघर्ष विभाजनमा पुगेपछि दुवै समुहभन्दा अलग रहेका बामदेव गाैतमले ओली सरकारकाे गृहमन्त्री नबन्ने बताएका छन ।
विभाजित नेकपा का उपाध्यक्ष तथा नेकपा एकता राष्ट्रीय अभियानका संयोजक वामदेव गौतमले आफ्नो चरित्र हत्या गर्ने दुष्ट प्रयत्न भएको भन्दै आपत्ति जनाएका छन् । आज समाजिक सञ्जाल फेशबुक पेजमार्फत उनले आफू मन्त्री बनेर केपी शर्मा ओली नेतृत्वको सरकारमा जाँदैछ भनेर गलत भ्रामक र दूराशययुक्त समाचार प्रवाहित भएको भन्दै त्यस किसिमका समाचारहरुलाई विश्वास नगर्न आग्रह गरेका छन् ।

हेर्नुस् स्टाटस

प्रेस विज्ञप्ति:
मेरो चरित्र हत्यागर्ने दुष्ट प्रयत्न फेरि एकपटक सतहमा आएको छ। केही संचार माध्यमले केपि वली नेतृत्वको वर्तमान सरकारमा गृह मन्त्री वनेर वामदेव जादैछन् भन्ने ग़लत भ्रामक र दूराशययुक्त समाचार प्रवाहित गरिएको छ।
मेरा सवै मित्रहरुलाई यसकिसिमका भ्रामक समाचारहरुलाई विश्वास नगर्नुहुन हार्दिक अनुरोध गर्दछु!!
वामदेव गौतम
संयोजक
नेकपा एकता राष्ट्रीय अभियान
७।११।२०७७

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार