logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रधानमन्त्री र विप्लव बिच भुमिगत पत्र आदानप्रदान !


  • राजनीति
  • आइतबार, फाल्गुन ९ २०७७

प्र’ति’ब’न्धि’त नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले वार्तामा आउन सकारात्मक भएको जानकारी गराएका छन् । उनले शनिबार प्रेस विज्ञप्तिमार्फत् सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको जानकारी गराएका हुन् ।

सरकार वि’रु’द्ध भू’मि’ग’त रुपमा गतिविधि अगाडि बढाउदै आएकाे उक्त पार्टी विरुद्ध ओली सरकारले दुई बर्ष अघि प्र’ति’बन्ध लगाएकाे थियाे । विप्लवले हिजाे विज्ञप्तिमार्फत् वार्ताका लागि सकारात्मक रहेको भनेपछि भित्र भित्र वार्ताको पहल खुलेको छ । यसअघि २० माघमा खानेपानीमन्त्री मणि थापाले नख्खु कारागार पुगी विप्लव पक्षका नेता हेमन्त प्रकाश ओलीलाई भेटेका थिए ।

विप्लवसँग वार्ताको पहल गर्दै मणि थापा, जेल पुगेर ओलीसँग भेट गरेका थिए । एनसेल ब’म वि’ष्फो’टको अभियोगमा प’क्रा’ऊ परेका सुदर्शन भनिने ओलीसँगको भेटले वार्ताका लागि पहलले गति लिएको हो । पूर्व माओवादी नेता समेत रहेका मणि थापाको पहलमा सरकारबाट विप्लवसम्म सम्पर्क गर्ने वातावरण तयार भएको थियो । सुदर्शन विप्लव नेकपाको मध्यकमाण्ड इञ्चार्ज हुन् ।

यससंगै सरकार र विप्लव बिच अनऔपचारि वार्ता तथा संम्वादहरु भएकाे थियाे । विप्लव नेकपासंग केही समय अघि साेमनाथकाे नेतृत्वमा सरकारी वार्ता टाेली बनेपनि सरकार जिम्मेवार रुपमा प्रस्तुत नभए भन्दै वार्ता अगाडि बढ्न सकेकाे थिएन् । स्राेत भन्छ केही समय अघि प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवलाइ भुमिगत शुत्र मार्फत पत्र पठाएका थिए । सम्भवत उक्त पत्र काे जवाफ पश्यात शनिवारकाे विज्ञप्ति जारि भएको हाे । केही समय यता वार्ताकाे लागि ओली विप्लवबिच पत्र आदानप्रदान भएको स्राेत काे दावी छ ।

विप्लवसहित चार कम्युनिस्ट घटकले २९ माघमा संयुक्त रणतैनिक मोर्चाको घोषणा गरेसँगै शान्तिपूर्ण राजनीतिक मूलधारमा आउने संकेत मिलेको थियो । मोर्चामा मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादी, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टि र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी थिए । मोर्चाले १५ सदस्यीय केन्द्रीय कमिटी समेत घोषणा गरिसकेको छ ।

मोर्चाका केन्द्रीय सदस्य ऋषिराम कट्टेलले विप्लव वार्तामा आउनसक्ने खुलासा गरेका थिए । उनले विप्लवको गतिविधि वाध्यात्मक भएकाले वातावरण बनेमा वार्ता हुने बताएका थिए ।

नेकपाको विभाजनसँगै ओली र प्रचण्डले विप्लवलाई आफ्नो साथमा ल्याउन कोशिश गरिरहँदा वार्ताका लागि पछिल्लो जानकारीले तरंग ल्याएको छ । विप्लवलाई वार्तामा ल्याउन सरकारले अब थप पहल गर्ने सम्भावना पनि बढेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार