logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

केही घन्टामा प्रतिबन्ध फुकुवाको घोषणा हुँदै !


  • राजनीति
  • सोमबार, फाल्गुन १० २०७७

सरकारले झण्डै दुई वर्षदेखि लगाउँदै आएको नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माथिको राजनैतिक प्र’ति’ब’न्ध आज फु’कु’वा गर्ने भएको छ ।

संसदीय व्यवस्थाको विकल्पमा जनवादी जनगणतन्त्रको लागि जनमत संग्रहमा जाने विप्लव नेकपाले वार्ताको प्रमुख एजेन्डा तय गरेको बुझिएको छ । यधपी यो बारेमा नेकपाको पछिल्लो धारणा सार्वजनिक भैसकेको छैन ।

सरकार र विप्लव नेकपा दुवैले वार्ता टोली आज नै घोषणा गर्ने भएका छन् । सम्भवतः बन्दीप्रत्यक्षीकरणको रिट हालेका नेकपा नेता धर्मेन्द्र बाँस्तोला पनि आजै नै सर्वोच्च अदालतको आदेशमा छुट्नेछन् । नेकपाको वार्ता टोलीमा बाँस्तोला रहने प्रवल सम्भावना रहेको स्रोतको दाबी छ ।

ओलीसग सहकार्य होला त ?

८ फागुनमा विप्लवले सरकारसँग वार्ता गर्न तयार रहेको विज्ञप्ति जारी गरेपछि परिस्थिति फेरिएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी फैसला सुनाउनुअघि नै सरकार र विप्लव नेकपाबीच वार्ताको वातावरण बनाउने प्रयास भइरहेको थियो ।

त्यसकै प्रतिफलका रुपमा ८ फागुनको विज्ञप्तिलाई हेरिएको छ । सरकारसँग वार्ताको वातावरण बनाएर आफ्नो पार्टीमाथि सरकारले २८ फागुन ०७५ मा लगाएको प्र’ति’ब’न्ध फुकुवा गर्ने रणनीतिमा विप्लव देखिएको धेरैको अनुमान रहेको छ ।

बिषय र मु’द्दा’गत रुपमा ओली सरकारसँग सहमति जुटिहाल्ने अवस्था नभएका कारण प्र’ति’ब’न्ध फु’कु’वापछि मोहन वैद्य, ऋषि कट्टेल र आहुति नेतृत्वका तीन पार्टीसँग एकीकरण गर्ने तयारी छ । मोहन वैद्यलाई अध्यक्ष वा संरक्षक बनाउने यी चार पार्टीको तयारीको समेत हल्ला चलेको छ ।

एकतापछी बन्ने पार्टीको नेतृत्व बारेमा केही अडकल समेत काटिएकाछन । विप्लव निकट स्रोतका अनुसार अहिले राजनीतिक वृत्तमा चर्चा भए झैं ओली नेतृत्वको नेकपासँग एकता वा सहकार्य हुँने संभावना अति नै न्यून देखिन्छ । केही महिनाअघि वैद्य, कट्टेल र आहुतिको पार्टीबीच एकीकरणकै तयारीका लागि ६ दिन लामो वार्ता भएको थियो ।

त्यही वार्तापछि १ फागुन ०७७ मा चार पार्टीले रणनीतिक मोर्चाबन्दीको घोषणा गरेका हुन् । त्योभन्दा पहिला नै कार्यगत एकता गर्ने सहमति भएको थियो । त्यही सिलसिलामा विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई सरकारले प’क्रा’उ पनि गरेको थियो ।

ओलीको रणनीति : प्रचण्डलाई देखाइदिने

खासमा अहिले ओली विप्लवलाई वार्तामा ल्याएर पूर्वमाओवादीको पंक्ति आफूसँग रहेको सन्देश प्रचण्डलाई दिन चाहिरहेका छन् । तत्कालीन ज’न’यु’द्धको मुल हिस्सेदार आफू भएको दाबी गर्दै विप्लव नेतृत्वको नेकपा एकीकृत क्रा’न्तिको पक्षमा छ ।

बादल र विप्लवलाई साथमा लिएर प्रचण्डमाथि दबाब बढाउने रणनीतिसँगै ओलीले स’श’स्त्र आ’न्दो’ल’न  लागि तयार समूहलाई शान्ति प्रक्रियामा ओरालेको जस लिन पनि खोजिरहेका छन् । विखण्डनको नारा बोकेका सीके राउतदेखि स’श’स्त्र यु’द्धको तयारीमा रहेका विप्लवसम्मलाई वार्तामार्फत शान्तिपूर्ण राजनीतिमा अवतरण गराउने ‘जस’ लाई निर्वाचनमा क्यास गर्न सकिने बुझाइमा पनि ओली देखिन्छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार