राजनीति
पार्टीको केन्द्रिय कमिटी मात्र मिलाएर एकता गरेका दुई पार्टी एमाले र माओवादी केन्द्रले अब तल्ला र जवस कमिटीको एकताको थालनी गर्ने भएको छ । कार्यदल नै बनाएर सो प्रक्रिया अगाडी बढाएको (नेकपा)ले जनाएको छ ।
नेताहरूले पार्टीको भ्रातृ संगठनहरूको नाममा रहेका पुच्छर हटाएर एकता गर्ने बताउँदै आएका छन् । तत्कालीन माओवादीको पूर्वजनमुक्ति सेना (पूर्वपिएलए)को संगठनलाई भूतपूर्व सैनिक–प्रहरी संगठन तथा जनयुद्ध र जनक्रान्तिका घाइते तथा अपांगता रहेकाहरूको संगठनलाई एउटै अपांग संगठनमा मिलाउने तयारी छ । तत्कालीन एमालेका २२ तथा माओवादी केन्द्रका २४ जनवर्गीय संगठन थिए ।