logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रधानसेनापति र प्रधानन्यायाधीशको भेट


  • राजनीति
  • सोमबार, फाल्गुन १० २०७७

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग प्रधानसेनापति पूर्णचन्द्र थापाले भेट गरेका छन्। थापा सोमबार अपरान्ह १ बजे सर्वोच्च अदालत पुगेर करिब एक घण्टा बिताएका थिए ।

सर्वोच्च अदालत स्रोतका अनुसार सर्वोच्च अदालतको निर्माण हुन लागेको भवन सेनाको जग्गामा पर्ने भएकाले त्यसबारे कुरा गर्न प्रधानन्यायाधीशले प्रधानसेनापतिलाई बोलाएका हुन्।

‘सर्वोच्च अदालतको भवन निर्माण हुँदै छ सर्वोच्च पछाडि, त्यो सेनाको क्याभलरी भएको जग्गा हो,’ नेपालप्रेससँग अदालत निकट स्रोतले भन्यो, ‘सरकारी जग्गा भए पनि हस्तान्तरण र प्राप्तिको एउटा प्रक्रिया हुन्छ । त्यो प्रक्रियामा प्रधान सेनापति सेनाको प्रमुख भएकाले त्यसबारे कुरा गर्न प्रधानन्यायाधीशले उहाँलाई बोलाउनु भएको हो ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार