logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

नेतृत्वका लागि रस्साकस्सी, २२ संगठनको नेता को-को लाई बनाउने (नेकपा)को तयारी


  • राजनीति
  • मंगलबार, असार १२ २०७५

सत्तारुढ दल (नेकपा)को तल्ला र जनवर्गीय संगठनको एकता गर्न कार्यदल बनाएर अगाडी बढेको भएता पनि कार्यदलले पदाधिकारी को को र कसरी बनाउने भन्नए बारे आन्तरिक विवाद देखिएको स्रोतले जनाएको छ ।

कार्यदललाई नै नाम र नेतृत्व टुंग्याउने कार्यादेश
जनसंगठन एकीकरणका लागि गठित कार्यदललाई एकीकरणबाट गठन हुने सम्बन्धित जनसंगठनको विधान मस्यौदा गर्ने, सम्मेलन वा महाधिवेशन आयोजक कमिटी गठन गर्न पदाधिकारी र सदस्यहरूको नामावलीसहित प्रस्ताव तयार पार्ने कार्यदेश दिइएको छ । त्यस्तै, कमिटीको पदाधिकारी र सदस्यको छनोट गर्दा वरिष्ठता, क्षमता र एकताको भावनालाई आधार बनाउनेलगायत कार्यादेश दिइएको छ । एकीकरणअघि सम्बन्धित जनसंगठनको केन्द्रीय कमिटी बैठक बोलाएर सुझाब लिन पनि निर्देशन गरिएको छ ।

नाम र नेतृत्वको विवाद केन्द्रीय नेतृत्वले टुंग्याउने
भ्रातृ संगठनसँग सम्बन्धित सबै कार्यदललाई नाम, नेतृत्व, संख्यालगायत सबै विषय टुंगो लगाउने कार्यादेश दिइए पनि विवाद देखिए केन्द्रीय सचिवालयले नै अन्तिम टुंगो लगाउने भएको छ । अहिल्यैदेखि नेतृत्वका लागि रस्साकस्सी देखिएकाले जनसंगठनको नेतृत्वको विषय पनि अध्यक्षद्वयले नै अन्तिम टुंगो लगाउनुपर्ने अवस्था आउन सक्ने नेकपाका एक केन्द्रीय सचिवालय सदस्यले बताए । ‘सबै तलै टुंगो लगाउन भनिएको छ, मूल कुरा नेतृत्वमा बढी प्रतिस्पर्धा देखिँदा कार्यदलमा सर्वसम्मत टुंगो लाग्न सकेन भने अध्यक्षद्वयले नै छलफलबाट सबै विषय टुंगो लगाउनुहुन्छ,’ ती सदस्यले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार