राजनीति
जनयु’द्धका दुई सारथि प्रचण्ड र बाबुराम अलग–अलग बाटोमा छन् । धेरै भयो यी दुई नेता एउटै मञ्चमा नदेखिएको, नभेटिएको । लामो अन्तरालपछि प्रचण्ड र बाबुराम एउटै मञ्चमा देखिए, जनयु’द्ध दिवसकै छेको पारेर ।
कार्यक्रम थियो बाबुराम भट्टराईको संस्मरणात्मक र अनुभूतिजन्य नयाँ कृति गुमनाम आमा कथाको विमोचन । र, साक्षी थिए प्रचण्डसहित रामचन्द्र पौडेल, अशोक राई, अरुण गुप्ता, डा. मीना पौडेलहरूलाई ।
बालुवाटार पार्टी प्यालेसमा कृति विमोचन गर्दै प्रचण्डले अहिले आफ्नो पार्टी फरक–फरक भए पनि इतिहासका कार्यले बाबुराम र प्रचण्डलाई अलग हुन नदिने सुनाए, अहिले बाबुरामजी र म एउटै पार्टीमा त छैनौँ । तर, मुद्दाको हिसाबले फेरि एउटै मोर्चामा छौँ । ‘गुमनाम आमाहरूको कथा’ भित्र रहेका रचनालाई सरसर्ती नियाल्दा हिजोका सबै स्मरण, अनुभव, अनुभूति ताजा भएर आएको महसुस भएको छ, इतिहासको आफ्नो कर्मको कारणले अलग हुन खोज्दा पनि चुम्बकले तानेजस्तो आफ्ना कर्मले हामीलाई नजिक ल्याइराख्छ । अलग हुन दिँदैन । प्रचण्ड र बाबुरामलाई हजारौँ सहिद, हजारौँ घाइ’ते र अ’पांग, बे’पत्ताले अलग हुन दिँदैनन् ।
रामचन्द्र पौडेलले डर पोखे, ओलीले एउटा अप’राध ढाक्न अर्को ठूलो अ’पराध गरिरहेको र अ’पराधको आयतन बढ्दै जाँदा राष्ट्रिय अ’पराध नै हुने हो कि ? अशोक राईले अहिलेका उपलब्धि रक्षा गर्दै अर्को जनयु’द्ध गर्नुपर्ने बताए । बाबुराम भट्टराईले राष्ट्रिय र अन्तर्राष्ट्रिय सेटिङमा अहिलेका उपलब्धि खोस्ने प्रयास भइरहेको, मुलुक प्रतिक्रा’न्तिको दिशातिर गइरहेको, जनयु’द्धबारे साझा बुझाइ बनाउन जरुरी भएको सुनाउँदै स’हिद र बे’पत्ता परिवारको विषयलाई टुंग्याउन र जनयु’द्ध दिवसलाई साझा दिवसको रूपमा मनाउने वातावरण बनाउन आह्वान गरे । फाइन प्रिन्टद्वारा प्रकाशित गुमनाम आमाको कथामा जन’द्धकालीन प्रसंगहरूलाई उतारिएको छ । जनआस्थाबाट