logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

तीन दलको सरकार बन्ने , राष्ट्रपति र प्रधानमन्त्रीमा को को !


  • राजनीति
  • बुधबार, फाल्गुन १२ २०७७

संसदिय ब्यवस्थाको बहुप्रतिक्षित बनेको प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा सर्वोच्च अदालतले फैसला गरेपछि नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव समूहले सहमतिको सरकार गठनको प्रयास सुरु गरेका छन् । उक्त समूहले हिजो नै प्रधानमन्त्री केपी शर्मा ओलीइतर समूहका नेताहरुसँग टेलिफोन संवाद गरेर सहमति र सहकार्यको राजनीतिलाई फेरि अगाडि बढाउनेबारे छलफल गरेका छन् ।

ओली सरकारको विकल्पबारे छलफल अगाडि बढिसकेको अवस्थामा प्रचण्ड र माधवकुमार नेपाल दुवैले नेपाली काँग्रेस, जनता समाजवादी पार्टिलगायतका दलहरुलाई मिलाएर प्याकेजमा सहमति गर्नेबारे छलफल बढाएको बुझिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा गर्न वाध्य पार्ने या महाभियोग सम्म लगाउने तयारी भइसकेको छ ।

राष्ट्रपति नेपाली काँग्रेसलाई, उपराष्ट्रपति जनता समाजवादी पार्टीलाई, राष्ट्रियसभाको अध्यक्षमा पनि विल्प खोज्नुका साथै सरकारमा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतका मन्त्रीहरुको समेत बाँडफाँडबारे प्याकेजमा सहमति गर्ने गरी तयारी बढेको हो । विश्वस्त स्रोतका अनुसार काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउनेबारे छलफल हुनथालेको छ । देउवा प्रधानमन्त्री बन्ने सम्भावना रहेमा राष्ट्रपतिमा नेकपाको प्रचण्ड माधव नेपाल समूहले पाउने विकल्पबारे पनि कुरा बढेको छ ।

तीन दलको सहमतिको सरकारमा मन्त्रीहरुको भागवण्डा देखि संवैधानिक निकायमा नियुक्तिबारे समेत टुंगो लगाउने गरी अनौपचारिक कुराकानी बढिसकेको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच गठबन्धनको सम्भावनाबारे पनि छलफल बढेको छ । ओली देउवालाई प्रधानमन्त्री बनाएर भएपनि प्रचण्ड र माधव नेपाललाई रो’क्ने पक्षमा देखिएका छन् ।

ओली खत’रनाक मुडमा : एमाले ब्युताउने र सं’कटकाल लगाउने तयारी

प्रधानमन्त्री तथा सत्तारूढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै दल नेपाल कम्युनिस्ट पार्टीभित्र राजीनामा दिने दबाब बढ्दै गएमा क’ठोर कदम चाल्ने सम्मको तयारी गरेका छन् । यसका लागि उनले रणनीति समेत बनाएका छन् । जसमा नेकपा एमाले ब्युँताउने देखि सं’कटकाल घोषणा सम्म रहेको छ ।

आज पार्टी स्थायी कमिटि बैठकमा उपाध्यक्ष बामदेव गौतमले यसको खुलासा गरेका छन् । उनले नेकपा एमाले निर्वाचन आयोगमा दर्ता गर्न मान्छे पठाएको देखि सं’कटकाल लगाउन राष्ट्रपति विद्यादेवी भण्डारीसँग विहान परामर्श गरिएको खुलासा गरेका थिए । उनले यसो भन्दा बैठकमा नेताहरु गम्भीर भएका थिए ।

प्रधानमन्त्री ओलीको स्थायी कमिटि बैठकका अधिकांश सदस्यले राजीनामा मागिसकेका छन् । पार्टीका शिर्ष नेताहरु अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौमले सिधै सरकारबाट फिर्ता हुन भनिसकेका छन् । यसबाट ओली अब कि सत्ता छाड्ने कि विकल्पमा जाने मोडमा उभिएका छन् । यसका लागि उनले निकटस्थसँग परामर्श थालेका छन् ।

विश्वस्त स्रोतका अनुसार ओलीले सत्ता हत्तपत्त नछाड्ने योजना बनाएका छन् । उनले सकेसम्म नेताहरुलाई मनाउन नभए कठोर निर्णय लिने संकेत गरिसकेका छन् । यसका लागि राष्ट्रपति भण्डारीसमक्ष संकटकाल लगाउने प्रस्ताव लाने तयारी गरिएको छ । कोरोना भाइरसको महामारी देखाएर उनले संकटकाल लगाउने ठाउँ राखेका छन् । यस्तो अवस्थामा छ महिना देशमा संकटकाल लाग्नसक्छ ।

यसबाहेक ओलीले आफ्ना पक्षधर सांसदलाई लिएर एमाले पार्टी गठन गर्न सक्छन् । पार्टी केन्द्रीय कमिटिमा अल्पमत भएकाले ओलीको भर संसदीय दल नै छ । उनले पार्टीमा दबाब थेग्ने नसक्ने भएमा नेकपा बिघटनको निर्णय समेत लिनसक्ने विश्वस्त स्रोतल जानकारी दिएको छ । स्मरणीय रहोस् नेकपाको गठन ओली र प्रचण्डको विशेष पहलमा दुई वर्ष अघि भएको थियो । त्यतिबेला एमाले र माओवादीबीच एकता गर्दा धेरैले आश्चर्य मानेका थिए

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार