logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

स्थायी समितिको बैठक सकियो : प्रधानमन्त्री ओलीले राजिनामा दिने !


  • राजनीति
  • बुधबार, फाल्गुन १२ २०७७

प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा गर्न तयार भएका छन् । अन्य दलहरुबीच छलफल गरेर ओलीले राजीनामा गर्ने तयारी गरेको बुझिएको छ ।

बुधबार बालुवाटारमा बसेको ओली निकट स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा पनि ओली निकट नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले पनि सो कुरालाई संकेत गरेका छन् ।

‘दलहरुसँग परामर्श र सुझावका आधारमा प्रधानमन्त्रीले निर्णय गर्नुहुन्छ । मुलुकलाई अन्योलमा राख्नु हुदैन भन्ने भनाई हो’ प्रवक्ता ज्ञवालीको भनाई छ । ओली पक्षको स्थायी समिति बैठक बिहीबार पनि बस्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार