logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

ओलीलाई संसदिय दलकाे नेताबाट हटाउन झन जटिल


  • राजनीति
  • बुधबार, फाल्गुन १२ २०७७

आज बोलाइएको नेकपा संसदीय दलको बैठकमा यसअघि हस्ताक्षरको क्रममा छुटेका मुगुका सांसद गोपालबहादुर बम सामेल भएका छन ।

प्रधानमन्त्रीबिरुद्ध अविश्वास प्रस्ताव दर्ताको समयमा उहाँ काम विशेषले राजधानीमा नरहनुभएको हुँदा छुटेका थिए । आज संसदीय दलको बैठकमा उनी पुगेका थिए । तर बैठकमा नेकपा प्रचण्ड–माधव समूहका घनश्याम भुसाल, योगेश भट्टराई, जनार्दन शर्माहरू देखिएनन स्रोतले बताएको छ ।

सम्भवतः नयाँ राजनीतिक परिस्थितिमा भएको विभिन्न तह र तप्काको छलफलमा सहभागी भएको कारण उनिहरूको अनुपस्थिति हुनसक्ने अड्कल लगाइएको छ । पुस १ गते शीतल निवासमा बुझाइएको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ९० जनामध्ये सबैजसो माननीयको उपस्थिति थियो ।

पूर्वमन्त्री सुरेन्द्र पाण्डेसँगै गंगा बेलबासेहरू चितवनबाट काठमाडौं आइपुग्दा नै साढे चार बजेको थियो । आज चितवनमा आयोजित विजयसभालाई सम्बोधन गरेर फर्कंदा ढिलो भएको बताइएको छ ।

अब भोलिबाट औपचारिक रूपमा बैठकको प्रक्रिया अघि बढ्ने स्रोतको दाबी छ ।

हाल संसदीय दलको नेता रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बहुमतको आधारमा हटाइने निश्चित छ । तर, बैठकको प्रक्रिया अलि लामो र झण्झटिलो भएकाले केही दिन लाग्नसक्ने देखिएको छ । संसदीय दलको नेता हटाउने बैठक उपनेता (सुवाष नेम्वाङ्ग) को उपस्थितिमा गर्नुपर्ने कानुनी व्यवस्था छ । उनले सजिलै बैठक बोलाउन तयार हुने सम्भावना देखिन्न ।

यता आज दिउँसो बूढानिलकण्ठमा भएको काँग्रेस सभापति शेरबहादुर देउवासँगको छलफल अझै केही दिन जारी रहने नेकपाका एकजना नेताले बताएका छन् । देउवाले भने आवश्यक निर्णयको लागि काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक पर्सिलाई बोलाएका छन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार