राजनीति
मियालाइ आरोप नेपाल माथी भारतीय प्रोक्सी वार हो - ओम पुन
विद्रोही दल नेकपाका पाेलिटव्युराे सदस्य ओम पुनले ओली सरकारसंग बार्ता भन्दा यु’द्ध जरुरी भएको बताएका छन् । कैलाली कारागार जीवन बिताइरहेका पुनलेे ओली सरकार वार्ताप्रति गैरजिम्मेवार रहेका दावी गरेका छन् ।
सर्वोच्च अदालतको आदेश विपरित आफ्नो पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई फागुन १० गते प्रहरीले अदालत हाताबाटै अप’मानपूर्ण ढङ्गले गिर’फ्तार गरेको घ’टनालाई नेकपा विप्लवले खेदजनक भन्दै भर्त्सना गरेको छ ।
हाल कैलाली कारागारमा रहेका उक्त नेकपाका पाेलिटव्युराे सदस्य ओमप्रकाश पुनले एकातिर वार्ताको हल्ला पिटेर अर्कोतर्फ गैरकानुनी रूपमा नेता कार्यकर्ता गिरफ्तार गर्ने सरकारी रवैयाले सरकारको इमान्दारितामाथि ठूलो प्रश्न उठेको उल्लेख गरेका छन् । उनले भनेका छन् ‘यो सामान्य घट’ना नभएकाले यसलाई पार्टीले गम्भीरतापूर्वक लिनुपर्छ ।’
पुनले बाँस्तोलाको रिहाई र पक्राउको पछिल्लो प्रवृत्तिले आफ्नो पार्टीलाई ओली सरकारसँग वार्ता नभई यु’द्धको घोषणा गर्नुपर्ने परिस्थितिको सिर्जना गराउने अवस्थासम्म पुर्याउन सक्ने आँकलन गरेका छन् ।
उनले ‘केपी ओलीको सामाजिक फासीवादी र प्रतिगामी कदमविरु’द्ध अन्य राजनीतिक शक्तिसँग सहकार्य र संयुक्त मोर्चा बनाउँदै अघि बढ्नुपर्ने,’ भन्दै ‘बाँस्तोलाको अपमानपूर्ण गिर’फ्तारीको बारेमा पार्टीले आफ्नो धारणा सार्वजनिक गरेर परिस्थिति स्पष्ट पार्नुपर्छ, अन्यथा यसले जनता र कार्यकर्तामा ठूलो अन्योल सिर्जना गर्ने ’बताएका छन् ।