logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बामदेव ओली भेट्न बालुवाटार, के के भयाे छलफल


  • राजनीति
  • शुक्रबार, फाल्गुन १४ २०७७

नेपाल कम्युनिस्ट पार्टीलाई एक बनाइराख्न उपाध्यक्ष वामदेव गौतम सक्रिय भएका छन् । उनी एकताको सूत्रसहितको प्रस्ताव लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

गौतमले प्रधानमन्त्री ओलीलाई सत्ताबाट सम्मानजनक तरिकाले हट्ने र पार्टी एकीकरण बचाइराख्नेबारे प्रस्ताव लिएर गएको उनी निकट स्रोतले बताएको छ । गौतमले प्रधानमन्त्री ओलीको सार्वजनिक रुपमा राजीनामा मागिसकेका छन् ।

बिहिबार विहानै गौतमले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए । भेटमा उनले पार्टी एकीकरणको सूत्र प्रचण्डसामु अगाडि सारेका थिए । जसमा एकताका लागि ओलीसहितका उनी पक्षका नेताहरुलाई आव्हान गर्ने र सम्मानजनक बर्हिगमनको विषय थियो ।

प्रचण्डले गौतमसँगको भेटमा ओलीले प्रतिनिधि सभा विघटनको कदम चालेर गल्ती गरेकाले आत्मालोचना गर्नुपर्ने शर्त राखेका थिए ।

नेकपा विभाजनको अवस्थामा रहेपनि निर्वाचन आयोगमा एउटै रहेको छ । आयोगले अहिलेसम्म कुनै निर्णय दिएको छैन । तर, दुवै समूहले पार्टी विभाजनको घोषणा गरिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार