logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बाबुराम र हिसिलाको प्रेम पत्र यस्तो थियो

पत्नीको प्रसम्शा गर्दै यस्तो स्टाटस लेखे


  • राजनीति
  • बिहिबार, असार १४ २०७५

चार दशक अगाडी वैवाहिक जिवनमा अनुबन्धित भएका डा बाबुराम भट्टराई र हिसिला यमिको जोडी नेपाली राजनीतिका चर्चामा रहिरहने जोडि मानिन्छ। माओवादी जनयुद्धको बेलामा पनि चर्चामा रहेको यो जोडीले ठुला ठुला उतारचढाव सहित आफ्नो वैवाहिक जिवनको ४१ बर्ष पार गरिसकेको छ ।

४१ बर्ष अगाडी अर्थात २०३७ साल चैत्र १६ गते बिबाह गरेको यो जोडी निरन्तर राजनीतिक फिल्डमा कृयाशिल रहेको छ। हाल नया शक्ति नेपालका प्रमुख र नेताका रुपमा रहेको जोडिले आफ्नो विवाहमा प्रस्तुत गरेको प्रतिज्ञा पत्र यस्तो रहेको थियो

 

यसै बिचमा पत्नी हिसिला यमीको जन्मदिनको अवसरमा डा भट्टराई ले यो पत्र सार्वजनिक गर्दै यस्तो स्टाटस लेखेकाछन ।

४० बर्षको मेरो तिमीसंगको सहकार्यको अनुभवले भन्छ – तिमी हाम्रो समय भन्दा अलिक पहिले जन्मेकी एक अद्भूत महिला हौ ! कतिपयले खराब नियतवश र कतिपयले हल्लैहल्लामा तिम्रो वदनाम गर्ने कोशिस गरे पनि अन्तत: इतिहासले तिमीलाई महिलामुक्ति र समग्र मानवजातिको मुक्तिकानिम्ति आफ्नो जीवन समर्पित गर्ने एक महान् महिलाको रूपमा स्थापित गर्नेछ!

म तिमीजस्तो जीवनसाथी पाएकोमा गौरवान्वित छु! भोलटेयरले आफ्नी प्रेमिकावारे बारे भनेको ( ‘She understands Newton, she makes me happy’!) उद्धरण सापट लिएर मलाई पनि तिमीबारे भन्न मन लाग्छ -She understands Marx, she makes me happy!

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार