logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

एमाले माओवादी ब्युँत्याउने भित्री तयारी : २० गते यस्तो हुदैछ


  • राजनीति
  • आइतबार, फाल्गुन १६ २०७७

सम्मानित सर्वोच्च अदालतले यही फागुन २० गते नेपाल कम्युनिष्ट पार्टीका संयोजक रहेका ऋषि कट्टेलले दायर गरेको मुद्दामा फैसला गर्दैछ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरेर नयाँ पार्टी बनाउने क्रममा आफ्नो दलसँग नाम मिल्ने गरी बनाएको भनेर कट्टेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

गत २०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी बनेपछि कट्टेलले २०७५ मंसिर २१ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।त्यसअघि उनले निर्वाचन आयोगमा आफ्नो पार्टीसँग नाम जुध्ने गरी अर्को दल दर्ता गरेको भनेर उजुरी गरेका थिए तर आयोगले कार्तिक ९ गते खारेज गरेपछि उनी सर्वोच्च पुगेका थिए ।

सर्वोच्चमा अदालतमा विचाराधीन सो मुद्दाको अन्तिम फैसला यही फागुन २० गते हुन लागेको हो । रिट दायर गरेको झन्डै साढे २ वर्षपछि सर्वोच्चले फैसला गर्न लागेको यो मुद्दाको खास अर्थ रहेको छ ।यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली एकातिर र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्कोतिर रहेर नेकपाको आधिकारिकता आफ्नो पक्षमा दावी गरिरहेका छन् । यसबारेको विवाद निर्वाचन आयोगले टुङ्ग्याउन सकेको छैन ।

यदी २० गतेको फैसला ऋषि कट्टेलको पक्षमा भयो भने ओली तथा प्रचण्ड नेपाल पक्षले छुट्टै दल दर्ता गर्नुपर्ने अवस्था आउन सक्छ । उनीहरुको स्वामित्वमा नेकपा नै नरहेपछि उनीहरु कि नयाँ दल दर्ता गर्ने वा पुरानै दलमा फर्कनुपर्ने हुन्छ । यतिबेला दुई पार्टी एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा पार्टीको आधिकारिकता र चुनाव चिन्हबारे वि’वाद चलिरहेको छ ।

यदी अदालतले कट्टेलको नेकपाको पक्षमा फैसला गरेमा दुई पार्टीलाई अलग हुन सजिलो हुनेछ । उनीहरु आफ्नो पहिलेकै दलमा फर्कन बाटो खुल्ने वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी बताउँछन् । उनले भने–‘अदालतले कस्तो फैसला गर्छ भनेर अहिले नै अनुमान गर्न त मिल्दैन ।

कुनैहालतमा ऋषि कट्टेलको पक्षमा फैसला आयो भने अहिले सत्ताधारी दल नेकपामा आएको वि’वाद हल गर्न सहज हुनेछ । उनीहरु आफ्नो पहिलेकै दल एमाले र माओवादी केन्द्रमा फर्कनेछ ।’ तर अदालतको फैसला कट्टेलको पक्षमा गएपनि नेकपाको पछाडि अर्को कुनै संकेत राखेर जाने, पुरानो पार्टीमै फर्केर जाने अवस्था नआउने नेकपा संसदीय दलका प्रमुख सचेतक समेत रहेका नेता देव गुरुङ बताउँछन् । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार