logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

ओलीलाइ प्रधानमन्त्री नै राखेर महाधिवेशनकाे प्रस्ताव


  • राजनीति
  • आइतबार, फाल्गुन १६ २०७७

नेपाल कम्युनिस्ट पार्टीको कानुनी विभाजन रोक्ने प्रयासहरु अझै चलिरहेको छ । विभिन्न सम्भावनाहरुसहित केही नेताहरु विभाजित दुवै समूहसँग एकताको सूत्र तयार गर्न सक्रिय भएको छ ।

दुवै समुहलाई कानुनी दलकाे मान्यता नदिएपछि अहिले नेकपाका दुवै समूह अप्ठ्यारोमा छन् । नेकपा भित्र तेस्राे धारकाे नेतृत्व गरेका उपाध्यक्ष बामदेव गाैतमले केपी ओलीलाइ अहिले प्रधानमन्त्रीबाट नहटायर महाधिवेशनमा जाने प्रस्ताव प्रचण्ड माधवसंग गरेका थिए ।

नेकपा उपाध्यक्ष बामदेव गौतम दुवै पक्षका शिर्ष नेताहरुसँग भेटेर एकताको सूत्र तयार गर्न लागेका छन् । उनले गत हप्ता नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटेका थिए । उनले विभिन्न विकल्पबारे छलफल गरेका थिए ।

गौतमले ओलीलाई राजीनामा दिन तयार भएमा सम्मानित तरिकाले व्यवस्थापन गर्ने प्रस्ताव गरेका थिए । तर, ओली त्यसमा असहमत भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार