logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ओलीका नक्कली सचेतसग कोही तर्सिदैन : भिम रावल


  • राजनीति
  • सोमबार, फाल्गुन १७ २०७७

फुटको औपचारिकता नपाएको नेकपा (बहुमत) का नेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुलाई तर्साउन नक्कली पात्र खडा गरेको बताएका छन । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेताले अस्तिमात्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई सो पदमा नियुक्त गरेका थिए । रावलले प्रधानमन्त्री ओलीले नियुक्त गर्नुभएको प्रमुख सचेतकलाई नक्कलीको संज्ञा दिएका हुन।

रावलले पार्टीमा का’रबाहीमा परिसकेको मान्छेले ह्वीप लगाएर संसदहरुलाई त’र्साउन ‘आफ्नो मान्छे’ लाई प्रमुख सचेतक नियुक्त गरेको बताए । नक्कली सचेतक खडा गरेर ध’म्की दिएपछि कोही उफ्रिएर बालुवाटारतिर लाग्छन् कि भन्ने नठान्न पनि रावलले चे’ता’वनी दिए । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने, ‘दलका नेताले कुनै सदस्यलाई निकाल्नको लागि केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्छ । दुई तिहाई सदस्य हामीसँग छन् । अनि यहाँ आएर नक्कली प्रमुख सचेतकले म ह्वीप जारी गरेर निकाल्छु भन्दा कोही पत्याउँछ ?’

रावलले पार्टीको ह्वीप मान्न सांसदहरु बाध्य नहुने पनि बताए । ह्वीप नमान्ने समानुपातिक सांसदलाई प्रधानमन्त्री ओलीले हटाउने कुरा झूट र भ्रमपूर्ण रहेको उहाँको भनाई छ । रावलले प्रधानमन्त्री ओलीको ध’म्कीबाट सांसदहरु नड’राउने पनि प्रष्ट पारे ।

उनले पार्टीको आधिकारिकताको विषयमा पनि निर्वाचन आयोगलाई अलमलमा नपर्न आग्रह गरे । झन्डै दुई तिहाई सदस्यले प्रमाणित रुपमा आयोगमा दाबी प्रस्तुत गरिसकेको भन्दै उहाँले योभन्दा अर्को कानुन के चाहियो भनि प्रश्न गरेकाछ्न । हामीलाई नागरिकताको प्रमाणपत्रसहित निर्वाचन आयोगमा उपस्थित हुन निर्देशन गरोस् हामी कटिबद्ध भएर बहुमत सिद्ध गर्छौँ,’ उनले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार