राजनीति
हालै मात्र पुर्व प्रधानमन्त्रीहरुको सुरक्षामा भारी कटौती गरिदिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नै अ’सु’रक्षित रहेको अभिव्यक्ति दिएकाछन । उनले शारीरिक ह’मला वा ज्यान तलमाथि भइहाल्यो भने पनि अनौठो नमान्न कार्यकर्ताहरूलाई संदेश दिएका छन् । यो कुरा उनले सोमबार पोखरामा बोल्दै भनेका थिए ।
कार्यकर्ताको बिचमा अलिक भाबुक लाग्ने गरि उनले भने, ‘यदि ममाथि कुनै शारीरिक ह’मला नै भयो वा मेरो ज्यान तलमाथि भइहाल्यो भने पनि कुनै अनौठो नमान्नु होला । तर, त्यस्तो हुन दिइने छैन हामी सतर्कता अपनाउँछौँ ।’ उनले आफू नरहे पनि पार्टी र आ’न्दोलन रहिरहने भन्दै पार्टी कुनै पनि हालतमा तलमाथि नपर्ने बताए ।
प्रधानमन्त्रीको सुरक्षामा सेना, प्रहरी, सशस्त्र प्रहरी चौबिसै घण्टा तैनाथ हुन्छन् । यसका बाबजुद प्रधानमन्त्री कसरी असुरक्षित हुन सक्छन् ? देशको प्रमुख कार्यकारीले नै आफूलाई असुरक्षित महसुस गर्ने हो भने आम नेपाली जनताको सुरक्षा अवस्था कस्तो होला र उनीहरुले कसरी आफूलाई सुरक्षित महसुस गर्ने ? प्रश्न उठ्नु स्वाभाविक नै हो ।
प्रधानमन्त्री ओली एक व्यक्तिमात्र होइनन्, देशको प्रमुख कार्यकारी पनि हुन् । यसर्थ उनका भनाइलाई कसैले हलुका रुपमा लिने धृष्टता गर्नु हुँदैन ।
उता केही दिन पहिला संसद विघटन गरेका प्रधानमन्त्रीले पुर्व भिआइपीको सुरक्षामा भने कटौती गर्ने निर्णय गरेका थिए । त्यसको लगत्तै प्रचण्डले आफ्नो सुरक्षामा पुर्व जनमुक्ति सेनाको टिमलाइ लिएर हिड्ने गरेकाछन । नि’यत’बस सुर’क्षा’क’र्मी खोसेपछि सु’र’क्षा’का निम्ति पि’ए’ल’ए खटिएका प्रचण्ड स्रोतले जनाउदै आएको छ । पुर्व जनमुक्ति सेना जसलाई पार्टी र प्रचण्ड परिवारले नै तलबमा राखेका छन्’, प्रचण्डको सुर’क्षा’मा खटिएका ५९ जना सु’रक्षा’क’र्मी प’रि’चा’लन गरिएको थियो। जसमा ४३ जना फि’र्ता भएपछि पि’ए’ल’ए खटाइएको हो।
प्रधानमन्त्री ‘असुरक्षित’ नै छन् त ?
संसदको बिपक्षी दल नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री नै असुरक्षित भएपछि अरुको सुरक्षा के होला भन्ने प्रश्न गरे । ‘प्रधानमन्त्रीले नै आफ्नो सुरक्षामा शंका गरेपछि अरुको सुरक्षा के होला भन्ने चिन्ताको विषय हो । सिंगो देशलाई शान्ति सुरक्षा मन्त्रिपरिषदले दिनुपर्छ,’ रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘अब प्रधानमन्त्रीजीले आफैमाथि सुरक्षा थ्रेट छ भनेपछि अरु सत्ता पक्षका नेताहरु, प्रतिपक्ष नेताहरु, नागरिक समाजका मानिसहरुको सुरक्षा झन् खतरामा परेको सन्देश गयो ।’
वर्तमान सरकारले नै पूर्वमन्त्रीहरू, नेताहरु आदिलाई दिइँदै आएको सुरक्षाको प्रबन्ध हटाएको उल्लेख गर्दै उनले अगाडि भने, ‘अहिले आएर स्वयं प्रधानमन्त्रीले आफैंमाथि सुरक्षा थ्रेट छ, ख’तरा छ भनेर विचारात्मक अभिव्यक्ति दिनुभएको छ । यसले झन् असुरक्षाको सन्देश गयो । यसले सिङ्गो राज्यलाई नै कमजोर पार्छ । मान्छेमा त्रा’स उत्पन्न भएको छ । यसबारे प्रधानमन्त्रीले थप प्रस्ट पार्नै पर्छ ।’
त्यस्तै अर्का पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत पनि प्रधानमन्त्री ओलीको सो अभिव्यक्तिले सामान्य मानिसमा कस्तो प्रभाव परेको होला भन्ने प्रश्न गर्छन् । प्रधानमन्त्रीसँग विभिन्न स्रोतबाट सूचनाहरु आउन सक्ने भए पनि प्रधानमन्त्रीले जुन रुपमा विषय प्रस्तुत गरेका छन्, त्यो धेरै हलुकाखालको टिप्पणी भएको उनले बताए ।
आफू रक्षात्मक हुँदै गएपछि सहानुभूतिका लागि प्रधानमन्त्रीले यस प्रकारको विषय उठाएको हुन सक्ने उनले औंल्याए । राजनीतिक रुपमा आफ्नो साख गुम्दै गएपछि, आफूले चालेका कदमहरु असफल हुँदै गएपछि सहानुभूति बटुल्नका लागि प्रधानमन्त्रीले यस्ता हलुका टिप्पणी गर्न थालेको हुनसक्ने उनले बताए । ‘राष्ट्रिय राजनीतिमा उहाँ (प्रधानमन्त्री) का कदमहरु गलत साबित हुँदै गएका छन्,’ उनले भने, ‘त्यसैले जनताबाट सहानुभूति बटुल्नका लागि उहाँले यस्तो कुरा गर्नुभएको हो कि भन्ने लाग्छ ।’
उनले नेपालको सुरक्षा निकाय प्रधानमन्त्रीको सुरक्षा गर्न असक्षम छ भन्नेमा आफूलाई विश्वास नभएको पनि प्रस्ट पारे । ‘हाम्रो सुरक्षा निकाय त्यति कमजोर छैन,’ उनले भने, ‘प्रधानमन्त्रीले सुरक्षा थ्रेटको सूचना पाउनु भएकै हो भने पनि यस विषयमा सुरक्षा निकायसँग बसेर छलफल गर्ने, त्यो सूचना सही हो वा होइन भन्ने विश्लेषण गर्ने र त्यसअनुसार सुरक्षा सतर्कतालाई अझ व्यवस्थित गर्नतिर लाग्नुपर्ने हो ।’
प्रधानमन्त्री ओलीले राजनीतिक फाइदाका लागि ‘इमोसनल ब्ल्याकमेलिङ’ गरेको हो भने त झन् त्यस ठाउँबाट गर्नै नहुने काम गरेको ठहरिने र त्यसले राम्रो सन्देश नदिने उनको भनाइ छ ।
कस्तो हुन्छ प्रधानमन्त्रीको सुरक्षा घेरा ?
प्रधानमन्त्रीको सुरक्षामा नेपाल प्रहरीको डिएसपीको नेतृत्वमा दुई जना प्रहरी निरीक्षक, अन्य जुनियर अधिकृतसहित करिब सय जनाभन्दा बढी संख्यामा प्रहरीको टोली खटिएको हुन्छ ।
यस्तै, नेपाली सेनाको प्रमुख सेनानीको नेतृत्वमा सयभन्दा बढी संख्यामा सैनिक अधिकृत, जुनियर अधिकृत तथा जवानहरु प्रधानमन्त्रीको सुरक्षामा तैनाथ हुन्छन् । अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयले प्रधानमन्त्रीको सुरक्षासम्बन्धी नेतृत्व गर्दछ ।
प्रधानमन्त्रीको सुरक्षामा ‘क्लोज रिङ’ भित्र सेनाकै टोली खटिएको हुन्छ । प्रधानमन्त्रीको सुरक्षामा तैनाथ सैनिकसँग अत्याधुनिक ह”तियारसमेत हुने भएकाले सुरक्षा दायरा त्यति कमजोर नहुने सेनाकै अवकाशप्राप्त एक अधिकारीले संचार माध्यमलाई बताए ।
नेपाली सेनाका सहायक रथी एवं प्रवक्ता सन्तोष बल्लव पौडेलले ‘विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि २०७७ (संशोधित)’ को फ्रेमभित्र रहेर सेनाले प्रधानमन्त्रीलाई सुरक्षा दिने बताए । अति विशिष्ट व्यक्तिको सुरक्षाका लागि सेना सक्षम रहेको उनको भनाइ छ ।
यस्तै, प्रधानमन्त्रीको सुरक्षामा सशस्त्र प्रहरी बलको टोली पनि परिचालित हुन्छ । सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ देखि ४० जनाको टोली प्रधानमन्त्रीको सुरक्षामा खटिने प्रवक्ता राजु अर्यालले बताए ।
यस अतिरिक्त राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पनि प्रहरीको सुरक्षाका निम्ति परिचालित हुन्छन् । समग्रमा प्रधानमन्त्रीको सुरक्षामा करिब तीन सय सुरक्षाकर्मी खटिएका हुन्छन् ।
प्रधानमन्त्रीको सवारीको अग्रभागमा प्रहरीको मोटरसाइकलले स्कर्टिङ गर्दछ । त्यसपछि नेपाली सेनाको गाडी हुन्छ । सेनाको गाडी पछाडी प्रहरीको गाडी हुन्छ । त्यसपछि मात्र प्रधानमन्त्रीको गाडी हुन्छ । प्रधानमन्त्रीको गाडीभन्दा पछाडि प्रहरीको गाडी हुन्छ । पुछारमा सशस्त्र प्रहरीको एउटा गाडी हुन्छ
राज्यको त्यतिका ठुलो फौजले सुरक्षा दिदा पनि असुरक्षित महसुस गर्ने प्रधानमन्त्रीले प्रचण्ड लगाएतका पुर्व भिआइपीको सुरक्षा कटौती किन गरेको होला भन्ने प्रश्न उब्जिएको एक बिस्लेषकको भनाइरहेको छ ।