logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

विप्लव सँग वार्ता गर्न सरकारी वार्ता टोली गठन, केहीबेरमा वक्तव्य आउँदै


  • राजनीति
  • मंगलबार, फाल्गुन १८ २०७७

सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच वार्ता हुने भएको छ । सरकारले विप्लव नेकपासँग वार्ताका लागि आजै वार्ता टोली गठन गर्दैछ ।

दुवै पक्षबीचका अनौपचारिक छलफलहरूपछि वार्ताको सहज वातावरण बनेको र दुवै पक्षका वार्ता टोलीबीच वार्ता हुने भएको उच्च सरकारी स्रोतले जनाएको छ ।

आजै केहीबेरमा सरकारका तर्फबाट प्रवक्ता पार्वत गुरुङले वक्तव्य जारी गरी वार्ता टोलीको नाम सार्वजनिक गर्दैछन् । विप्लव समूहले यसअघिनै तीन सदस्यीय वार्ता टोली गठन गरिसकेको छ ।

विप्लव नेकपाका एक नेताले सरकारको तर्फबाट वक्तव्य आएपछि चाँडै काठमाडौंमा सार्वजनिक कार्यक्रम घोषणा गर्ने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार