logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

विप्लवको बिज्ञप्ती आउदै वार्ता टोलीमा को रहलान !


  • राजनीति
  • मंगलबार, फाल्गुन १८ २०७७

सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्ने भएको छ । यसको लागि सरकारले आफ्नो तर्फबाट वार्ता टोलीसमेत गठन गरिसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेकपा वार्ता हुने बताईरहेको बेलामा आजमात्रै सरकारले आफ्नो तर्फबाट वार्ता टोलीका सदस्यहरुको नाम सार्वजनिक गरेको हो । सरकारको तर्फबाट वार्ता टोलीमा गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई रहेका छन् ।

यसअघि नै विप्लवले पनि सरकारसँग वार्ता गर्ने विज्ञप्ती जारी गरिसकेका छन् । उनले आफूहरु शान्तिपूर्ण राजनीतिमा आउन चाहेको बताएका छन् । विप्लव नेकपासँग वार्ता गर्नको लागि सरकारको तर्फबाट खानेपानी मन्त्री मणि थापाले पछिल्लो दिनमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन् ।

यसैबीचमा बिद्रोही दल नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लवको बिज्ञप्तीको प्रतिक्षा गरिएको छ । एक स्रोतका अनुसार सरकारकी सकारात्मक कदम बारे विप्लवले बिज्ञप्ती जारी गर्ने जनाइएको छ । साथै बिज्ञप्तीमा वार्ता टोलीको गठन बारे सर्वजनिक समेत गरिने नेकपा स्रोतको दाबी रहेको छ ।

आजको सरकारी कदम यहा सम्म आउन दुबै पक्षबीचका अनौपचारिक छलफलहरूपछि वार्ताको सहज वातावरण बनेको र दुवै पक्षका वार्ता टोलीबीच वार्ता हुने भएको उच्च सरकारी स्रोतले जनाएको छ ।

भर्खरै मात्र सरकारका तर्फबाट प्रवक्ता पार्वत गुरुङले प्रेस सम्मेलन गरेर वार्ता टोली सार्वजनिक गरेकाहुन । विप्लव नेकपाले यसअघिनै तीन सदस्यीय वार्ता टोली गठन गरिसकेको थ्यो जस मध्य धर्मेन्द्र बास्तोला गिरफ्तार भइ हिरासतमा नै छन ।

विप्लव नेकपाका एक नेताले सरकारको तर्फबाट वक्तव्य आएपछि चाँडै काठमाडौंमा सार्वजनिक कार्यक्रम घोषणा गर्ने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार