logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

क्रान्तिकारी कैलालीद्धारा स्थानीय माग सहित सरकारी निकायमा ज्ञापनपत्र


  • राजनीति
  • बुधबार, फाल्गुन १९ २०७७

अखिल ( क्रान्तिकारी ) कैलालीले संगठनको केन्द्रिय कार्यक्रम अनुसार जिल्लाका धनगढी उपमहानगरपालिका , गोदावरी नगरपालिका , गौरिगंगा नगरपालिका , घोडाघोडी नगरपालिका लगायत सबै स्थानीय तहमा ज्ञापनपत्र बुझाएको छ । पछिल्लो समयमा बलात्कार , बलात्कार पछि निर्मम हत्याहिंसाका , छुवाछूत जस्ता घटना बढेको र दोषी लाई कार्वाही गर्नुको साटो सरकारले नै संरक्षण गरेकोले दोषी लाई कडा कार्वाहीको माग समेत गरेको छ । साथै स्कुल कलेज पड्ने छत्राको लागि आत्मरक्षाको निम्ति तालीम तथा सुरक्षा को माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र को पुर्ण पाठ ..विषय : मागपत्र सम्बन्धमा ।

हाम्रो महान तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) आफ्नो स्थापनाकाल देखि नै नेपालको समग्र शैक्षिक तथा राजनीतिक सवालहरुमा वलिदानीपूर्ण भूमिका निवार्ह गर्दै आइरहेको कुरा यहाँलाई सर्वविधितै छ । नेपालमा विगतमा भएको महान जनयुद्ध जनआन्दोलन लगायतमा जनताले ठूलो संघर्ष गरे पनि नेपालको सामाजिक रुपान्तरणमा रहेका गंभिर प्रकारका समस्याहरुको अन्त्य हुन सकेन । समाजमा विद्यमान विभिन्न सामाजिक समस्याहरु, यथावत नै रहे । विगतमा विकृति, विसंगतिको रुपमा रहेको जातिय छुवाछुत तथा भेदभाव, महिला हिंसा, बलात्कार जस्ता जघन्य मानवता विरोधी अपराधका घटनामा कत्ति पनि सुधार आएन। पछिल्लो समय त झन महिला तथा बालबालिकाहरुको सुरक्षाको अवस्था अत्यन्तै कमजोर बनेको छ। सरकारी उदासिनताका कारण चौतर्फी सामाजिक समस्याहरु देखिएका छन्। निर्माला पन्त, संझना कामी भागिरथी भट्ट, रुकुमको सोति काण्ड लगायत अबोध र निर्दोष छात्र छात्राहरुको बलात्कार र हत्या घटनाले त नेपाली समाजमा विद्यमान विकृतिलाई उदाङ्गो पारिदिएको छ । व्यक्तिगत सत्ता लिप्सा, भ्रष्टाचार, नाताबाद कृपावाद आदिमा केन्द्रीत बर्तमान सरकार यस्ता घटनाको निरिह र लाचार साक्षी बनेको छ। यस्तो अबस्थामा हाम्रो संगठन अत्यन्तै गंभिर रुपमा निम्न मागहरु प्रस्तुत गर्दछौं ।

१. निर्मला पन्त,सम्झना कामी, भागरथी भट्टहरु बलात्कारपछि हत्या गरिएका प्रतिनिधि घटनाहरु मात्रै हुन् । निर्मला पन्त लगायत देशभर महिला तथा छात्राहरु माथि भइरहेको बलात्कार, हत्या, हिंसाका घटनाको निस्पक्ष छानबिन गरी दोषिलाई कडा कारवाही गर्न र पिडितलाई उचित क्षतिपूर्ति सहित न्याय दिन ठोस पहल गरियोस् । २. स्थानिय निकायमा रहेका स्कूल कलेजमा पढ्ने छात्राहरुको आत्मारक्षाको लागि विशेष तालिम तथा सुरक्षाको ग्यारेन्टी गरियोस ।

सुबासकिरण जोशी संयोजक

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार