logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

काठमाडौमा बिहानै देखी वार्ता , कहा कस्तो अवस्थामा (हेर्नुस्)


  • राजनीति
  • बुधबार, फाल्गुन १९ २०७७

नेपाल सरकार र झन्डै दुइ वर्ष देखी प्रतिबन्धित रहदै आएको विप्लव नेतृत्वको नेकपाबीच वार्ता भइरहेको छ। हिजो एक चरण अनौपचारिक वार्ता गरेका दुवै पक्षका वार्ता टोली आज विहानैदेखि निरन्तर औपचारिक वार्तामा बसिरहेका हुन ।

एक स्रोतका अनुसार काठमाडौंकै एक सरकारी भवनमा कडा सुरक्षा घेराबीच वार्ता भइरहेको हो। वार्ता स्थल गोप्य राखिएको छ। वार्ता भाँडिन सक्ने भएकाले एकैपटक निष्कर्षमा पुगेपछि मात्रै सार्वजनिक गर्ने तयारी गरिएको स्रोतको भनाइ छ । वार्तामा विप्लव नेकपाका मागमा छलफल भइरहेको छ। विप्लव नेलपाले प्रतिबन्ध फुकुवा हुनुपर्ने, पक्राउ परेका आफ्ना नेता कार्यकर्ता रिहा हुनुपर्ने लगायतका माग अघि सारेको छ।

सरकारले हिजो गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई सम्मिलित दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो।

त्यसलगत्तै विप्लव नेतृत्वको नेकपाले पनि प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा उदयबहादुर चलाउने ‘दीपक’ सदस्य रहेको वार्ता समिति बनाएको थियो।

भूमिगत रहेको विप्लव नेकपाका वार्ता टोली हिजै कडा सुरक्षाका बीच काठमाडौं भित्रिएको थियो । सिके राउतसँग जस्तै विप्लव नेकपासँग पनि एकैपटक सहमति गरेर सार्वजनिक गर्ने गृहकार्यमा सरकारी वार्ता टोली लागेको स्रोतको दाबी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार