logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बालुवाटारको वार्तामा के हुदैछ ?


  • राजनीति
  • बुधबार, फाल्गुन १९ २०७७

सरकार र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच औपचारिक वार्ता शुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमै दुवै वार्ता टोलीबीच छलफल शुरु भएको स्रोतले जनाएको छ । वार्तामा सहभागी हुन विप्लव नेतृत्वको वार्ता टोली मंगलवार साँझै काठमाडौं आएको थियो ।

सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामवहादुर थापा बादल र डा. राजन भट्टराई तथा विप्लव नेकपाका वार्ता टोली संयोजक खड्गवहादुर विश्वकर्मा र उदय चलाउनेबीचको वार्ता जारी छ ।

नेपाल सरकार र झन्डै दुइ वर्ष देखी प्रतिबन्धित रहदै आएको विप्लव नेतृत्वको नेकपाबीच वार्ता भइरहेको छ। हिजो एक चरण अनौपचारिक वार्ता गरेका दुवै पक्षका वार्ता टोली आज विहानैदेखि निरन्तर औपचारिक वार्तामा बसिरहेका हुन ।

एक स्रोतका अनुसार प्रधानमन्त्री निवासमा नै कडा सुरक्षा घेराबीच वार्ता भइरहेको हो। वार्ता स्थल गोप्य राखिएको भनिएता पनि बालुवाटार मा नै बसेको स्रोतको दावी छ । वार्तामा विप्लव नेकपाका मागमा छलफल भइरहेको छ। विप्लव नेलपाले प्रतिबन्ध फुकुवा हुनुपर्ने, पक्राउ परेका आफ्ना नेता कार्यकर्ता रिहा हुनुपर्ने लगायतका माग अघि सारेको छ।

सरकारले हिजो गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई सम्मिलित दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो।

त्यसलगत्तै विप्लव नेतृत्वको नेकपाले पनि प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा उदयबहादुर चलाउने ‘दीपक’ सदस्य रहेको वार्ता समिति बनाएको थियो।

भूमिगत रहेको विप्लव नेकपाका वार्ता टोली हिजै कडा सुरक्षाका बीच काठमाडौं भित्रिएको थियो । सिके राउतसँग जस्तै विप्लव नेकपासँग पनि एकैपटक सहमति गरेर सार्वजनिक गर्ने गृहकार्यमा सरकारी वार्ता टोली लागेको स्रोतको दाबी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार