राजनीति
नेकपा बहुमत पक्षले सुभास नेम्वाङलाई संसदीय दलको उपनेताबाट र पार्टी साधारण सदस्यबाट निस्कासन गरेको छ ।
पार्टी कार्यलय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले नेम्वाङसहित विशाल भट्टराई, शान्ता चौधरी, महेश बस्नेत, प्रभु साह, सूर्य थापा र कर्ण थापालाई पार्टीको साधारण सदस्यबाट निस्कासन गरेको एक स्थायी कमिटी सदस्यले बताए ।
पार्टीको विधान विपरित काम गरेकाले उनलाई अनुशासनको कारवाही गदै साधारण सदस्यबाट निस्कासन गरेको ती नेताले बताए । यो भन्दा पहिला बुहमत पक्षले पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई सबै पार्टीको साधारण सदस्यबाट निस्कासन गरेको थियो । त्यसपछि महासचिव विष्णु पौडेललाई साधारण सदस्यबाट निस्कान गरीसकेको छ ।