राजनीति
प्रधानमन्त्री केपी ओली सैनिक मुख्यालय जंगीअड्डा पुगेका छन् ।
सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे प्रतिबन्धित नेकपासित पहिलो चरणको अनौपचारिक वार्ता सकिएलगत्तै ओली सैनिक मुख्यालय पुगेका हुन् । अब दोस्रो चरणको औपचारिक वार्ता कहाँ बस्ने भनेर खुलाइएको छैन ।
सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा, सदस्य राजन भट्टराई र विप्लव समूहका वार्ता टोली संयोजक खड्ग विश्वकर्मा र दीपक चलाउनेबीच वालुवाटारमा बुधबार बिहान वार्ता भएकाे थियाे । उक्त वार्ता सकारात्मक रहेकाे सरकारी वार्ता टाेलीका सदस्य राजन भट्टराईले बताए ।