logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बादलले ‘हतियार बुझाउनुस भनेपछी ‘कमरेड’ भने हामीसग हतियार छैन ‘


  • राजनीति
  • बिहिबार, फाल्गुन २० २०७७

सरकार र नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको हिजो बुधबार एकैदिन दुई चरणको वार्ता भैसकेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्ता सकरात्मक दिशातर्फ गएको सरकारी पक्षको भनाइ छ । वार्ता आज पनि पुनः वार्ता हुने भनिएको छ ।

बि’द्रोही नेकपाबाट भने औपचारिक प्रतिक्रिया केही आएको छैन । सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ‘सरकार र नेकपा बिच धेरै विषय सहमति नजिक रहेको’ भनेका छन् । उनले भनेका छन्, ‘केही विषयमा छलफल जारी छ, छिट्टै सुखद् परिणाम आउने अपेक्षा छ ।’सहित सामाजिक सञ्जाल मार्फत जनाए।

वार्ता समितिका सदस्य प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले पनि वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको बताएका छन् ।

प्रधानमन्त्री केपी ओली निकट एक नेताका भनाइमा पनि दोस्रो चरणको वार्ता प्रमुख विषयवस्तुमा प्रवेश गरेको छ । उनले भने, ‘सकारात्मक परिणाम चाँडै आउनेछ ।’

गृहमन्त्री बादलको सचिवालयले वि’द्रोही नेकपा शान्तिपूर्ण बाटोमा जानेतर्फ लचक देखिएको जनाएको छ । गृहमन्त्री निकट स्रोत भन्छ, ‘समूह शान्तिपूर्ण बाटोमा आउने देखिएको छ, मन्त्रीज्यू उत्साहित हुनुहुन्छ, केही प्राविधिक विषयमा मात्र छलफल हुन बाँकी छ ।’ उनले प्राविधिक विषय भनेको के हो भन्ने नखुलाए पनि उनको संकेत नेकपाले अघि सारेको राजनीतिक विषयबारे हुनसक्ने अनुमान छ ।

वि’द्रोह नेकपा तर्फबाट वार्ता समितिका संयोजक बिद्रोही नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रिय सदस्य उदयबहादुर चलाउने ‘दिपक’ले छिट्टै पार्टीको तर्फबाट धारणा सार्वजनिक गर्ने तयारी गरेको स्रोतले बतायो ।

विप्लव नेतृत्वको नेकपाका एक नेताले भने वार्तामा पार्टीको राजनीतिक मुद्दाबारे अझै पनि ठोस कुराकानी भइनसकेको बताएकाे छ। ‘पार्टीतर्फबाट प्रतिबन्ध फुकुवा गरौं भनियो, हिरासत/कारागारमा रहेका बन्दीलाई छाड्नुपर्ने माग राख्यौं’, उनले भने, ‘सरकारतर्फबाट ह’तियार बुझाउनुस् भनियो, हामीसँग ह’तियार नै नभएको जवाफ दियौं ।’

पार्टीले अघि सारेको वैज्ञानिक समाजवाद र संसदीय व्यवस्थाबारे जनमत संग्रह गर्नुपर्ने मागबारे खासै कुरा नभएको उनी बताउँछन् । त्यसको विकल्पमा हाललाई ‘राष्ट्रिय स्वाधिनता र जनताका जनजीविकाको विषयमा सरकार–वि’द्रोही दुवै पक्षको भिजन जनतामा लैजाउँ । ‘

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार