logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

आज निर्णायक वार्ता, के हाेला सहमति ?


  • राजनीति
  • बिहिबार, फाल्गुन २० २०७७

सरकार र प्रतिवन्धित पार्टी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच बिहीबार पनि वार्ता हुँदैछ । आजकाे वार्ता निर्णायक हुजे अपेक्षा गरिएकाे छ।

बुधबारदेखि शुरू भएको वार्ता बिहीबार निष्कर्षमा पुग्ने सरकारी पक्षको दाबी छ । तर विप्लव पक्षले भने अहिलेसम्म आफ्ना मागहरूमा सरकारले चासो नदिएको आरोप लगाइरहेको छ ।

पहिलो दिन बुधबार तीन पटक वार्ता भएको थियो । दुई वटा वार्ता प्रधानमन्त्री निवास बालुवाटारमा भएका थिए भने रातिको अन्तिम वार्ता गृहमन्त्री रामबहादुर थापा बादलको सरकारी निवास पुल्चोकमा भएको थियो ।

वार्तामा सरकारी टोलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव नेकपाको तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्माले नेतृत्व गरेका छन् ।

वार्तामा सरकारी टोलीले विप्लव नेकपालाई सम्पूर्ण रुपले हिंसा त्यागेको प्रतिबद्धता जनाउँदै आफूसँग भएको हतियार बुझाउन आग्रह गरेको थियाे ।

तर विप्लव नेकपाले भने पहिले आफूहरुमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने, पक्राउ परेका आफूहरुका नेता तथा कार्यकर्तालाई रिहा गर्नुपर्ने र हुँदै नभएका मुद्दा फिर्ता लिनुपर्ने माग गरेको छ ।

वार्तालाई बिहीबारै निष्कर्षमा पुर्याउने तयारी भइरहेको बुझिएको छ । तर सरकारी पक्षले अझै खुलेर कुरा नगरेको आरोप विप्लव नेकपाको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार