राजनीति
नेपाल सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ शुक्रबार राष्ट्रिय सभागृहमा हुने विशेष समारोहका लागि गाडीमै आउने भएका छन्।
गृह मन्त्रालयले ‘विप्लव’ का लागि हेलिकप्टरको व्यवस्था गरेपनि उनी गाडीमै बिहीबार बेलुका काठमाडौं आइपुग्ने भएका हुन्। उहाँ (विप्लव)ले हेलिकप्टरमा चढ्न नमानेपछि ‘क्यान्सिल’ गरियो, उहाँ आफैँ गाडीको व्यवस्था गरेर आउने कुरा भएको छ।’
गृहमन्त्रीले ‘विप्लव’ लाई हेलिकप्टरबाट काठमाडौं ल्याउने प्रस्ताव राखेपछि उनले पार्टीमा सल्लाह गरेर नचढ्ने निष्कर्षमा पुगेको एक नेताले बताए।