logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

झन्डै ४ बर्षपछि विप्लव सार्वजनिक हुदै


  • राजनीति
  • शुक्रबार, फाल्गुन २१ २०७७

सरकार र विप्लव नेकपाबीच सहमति जुटेपछि प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने भएका छन् ।

सरकारी टोली र विप्लव नेकपाबीच भएको वार्तामा सहमति भएपछि विशेष समारोह गरेर उक्त सहमतिहरु सार्वजनिक गर्ने र सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले समेत सम्बोधन गर्ने दुवै पक्षका वार्ता टोली संयोजकले बिहीबार जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

विप्लव नेकपालाई केपी ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ को मन्त्रिपरिषद् निर्णयले प्रतिबन्ध लगाएको थियो । विप्लव नेकपाले वर्तमान व्यवस्था र संविधान नै नमान्ने बताउँदै आएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार