logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

काठमाडौं पुगे विप्लव !


  • राजनीति
  • शुक्रबार, फाल्गुन २१ २०७७

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव हिजाे साझै काठमाडौं आईपुगेका छन् । सरकारसँग तीन बुँदे सहमति भएको र हिजै सरकारले प्रतिबन्ध फुकुवा गरेपछि विप्लव काठमाडौं आईपुगेका हुन् ।

आज दिउँसो २ बजे प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले संयुक्त रुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

सहमतिका बारेमा विस्तृत जानकारी दिन काठमाडौंको राष्टियसभा गृहमा विशेष समारोहको आयोजना गरिएको छ । त्यसको लागि विप्लव हिजो साँझ काठमाडौं आईसकेको उच्च स्रोतले जनाएको छ ।

यसअघि सरकारले विप्लवलाई काठमाडौं ल्याउन हेलिकप्टरको व्यवस्था गरेको समाचार आएको थियो । तर, विप्लवले आफू पार्टीले व्यवस्था गरेको गाडीमार्फत नै काठमाडौं आउने बताएअनुसार हिजो साँझ काठमाडौं आईसकेको थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार