राजनीति
नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव आज काठमाडौं आईपुगेका छन् । सरकारसँग तीन बुँदे सहमति भएको र हिजै सरकारले प्रतिबन्ध फुकुवा गरेपछि विप्लव काठमाडौं आईपुगेका हुन् ।
आज दिउँसो २ बजे प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले संयुक्त रुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।
सहमतिका बारेमा विस्तृत जानकारी दिन काठमाडौंको राष्टियसभा गृहमा विशेष समारोहको आयोजना गरिएको छ । त्यसको लागि विप्लव हिजो हिडेका उनी काठमाडौं आईसकेको उच्च स्रोतले जनाएको छ ।
यसअघि सरकारले विप्लवलाई काठमाडौं ल्याउन हेलिकप्टरको व्यवस्था गरेको समाचार आएको थियो । तर, विप्लवले आफू पार्टीले व्यवस्था गरेको गाडीमार्फत नै काठमाडौं आउने बताएअनुसार आज काठमाडौं आईसकेको थिए ।
