logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विप्लव प्रधानमन्त्री भेट्न बालुवाटार !


  • राजनीति
  • शुक्रबार, फाल्गुन २१ २०७७

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नवलपरासीबाट काठमाडौं आइपुगेका छन् । समाचार तयार गर्दासम्म उनी नागढुंगाबाट काठमाडौं प्रवेश गरेका हुन् ।

आफ्नो पार्टी थिको प्रतिबन्ध फुकुवा भएपछि शुक्रवार विहान उनि पूर्वी नवलपरासीको देवचुलीमा सार्वजनिक भएका थिए । शुक्रवार दिउँसो राष्ट्रिय सभामा आयोजित समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र ‘विप्लव’ ले एउटै मञ्चबाट सम्वोधन गर्दैछन् ।

सम्वोधन अघि बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग उनले भेटवार्ता गर्नेछन् । विप्लव नेकपाका एक नेताले भने–‘बालुवाटारमा प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम छ त्यसपछि उहाँ कार्यक्रम स्थलमा जानुहुन्छ ।’

प्रधानमन्त्री र विप्लवको बिचमा संयुक्त समारोहलाई संवोधन गरिने विषयमा साझा धारणा तय गर्नेबारे छलफल हुने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार