logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बास्तोला र पुन छुटे अब कति बाकी र कहिले छुट्दै


  • राजनीति
  • शनिबार, फाल्गुन २२ २०७७

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका १ सय ४१ जना नेता कार्यकर्ता छुट्न बाँकी देखिएको छ। जसमा उक्त पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पिबिएम चन्द्र बहादुर चन्द ‘बिरजङ’, भरत वम ‘रणबिर’ केन्द्रिय नेता माइला लामा सहित १ सय २५ जना पुर्पक्षका लागि थुनामा छन्।

१३ जना भने अनुसन्धानकै क्रममा रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ। जसमध्ये सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कंचन’ हिजै हिरा भएकाछन । त्यस्तै जेलमा रहेका पोलिट्ब्युरो सदस्य ओम प्रकाश पुन र ब्युरो सदस्य कुमाल पश्चिम नेपालबाट रिहा भैसकेकाछन ।

सरकारले विप्लव नेतृत्वको पार्टी नेकपा र उसका गतिविधिमाथि प्रतिबन्ध लगाए (२०७५ फागुन २८ गते) पछि २ हजार ९८ जना पक्राउ परेका थिए। वि’स्फोटक पदार्थ, कर्तव्य ज्यान, ज्यान मा’र्ने उद्योग, चन्दा असुली, आगजनी, हातहति’यार खरखजनालगायत मुद्दामा उनीहरू पक्राउ परेका हुन्।

तीमध्ये २ हजार ८ जनाविरुद्ध विभिन्न अभियोगमा मुद्दा दर्ता गरिएको थियो। १ हजार ८ सय ७६ जना छुटिसकेका छन्। ९० जना भने सोधपुछकै क्रममा छुटेका थिए।

अब सबैलाइ प्रक्रिया मिलार छुटाउने प्रधानमन्त्री केपी ओलीले प्रतिवद्धता जनाएका छन भने लिखित सहमती समेत भैसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार