logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

पदम राई सहित पचास जना गिरफ्तार


  • राजनीति
  • शनिबार, असार १६ २०७५

नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पाका नेता ईश्वरी दाहाल ‘असारे काका’ र पदम राई ‘विकास’लाई प्रहरीले गिरफ्तार गरेको छ ।

राजधानीमा शनिबार आयोजित पार्टी प्रवेशका कार्यक्रममा सहभागी भइरहेका बेला नेपालटारस्थित मनमैजुमा रहेको ग्रामीण आदर्श माविबाट असारे काका, राईसँगै केन्द्रीय सदस्य मकर गुरुङलाई कार्यक्रम भएकै ठाउँ बाट गिरफ्तार गरिएको नेकपाले बताएको छ ।

पाका नेता ‘असारे काका’ पार्टीको सल्लाहकार समिति संयोजक र राई पोलिटब्यूरो सदस्य हुन् ।

अन्य  पार्टी त्याग गरि नेकपामा प्रवेश गर्न लागेका नेता कार्यकतालाइ स्वागत गर्ने कार्यक्रम रहेको थियो । दुई नेतासहित कार्यक्रमस्थलबाट ५० जनाभन्दा बढी नेता कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरी गिरफ्तार गरेको नेकपाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार