logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

ओली समुहकाे संसदीय दलकाे बैठकमा ११५ सांसद, [हेर्नुस् काे काे भए]


  • राजनीति
  • शनिबार, फाल्गुन २२ २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षको संसदीय दलको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा ११५ जना संघीय सांसद उपस्थित भएको राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिए ।

उनकाअनुसार संसदीय दलका नेता एवम प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको गतिविधिमा सक्रियतापूर्वक सहभागिता जनाउन निर्देशन दिएका थिए ।

भोलि संसद् बैठक बस्दैछ । भोलिको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे ओलीले आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् । हिजोमात्रै नेकपाको दाहाल नेपाल पक्षको संसदीय दलको बैठक बसेको थियो ।

उक्त पक्षले पनि हिजोको बैठकमा एक सय १५ जना संघीय सांसद उपस्थित् रहेको दाबी गरेको थियो । हिजोको बैठकले दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाललाई चयन गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार