logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

विचारको हतियार संसारको कुनै तागतले खोस्न सक्दैन : महासचिव विप्लव


  • राजनीति
  • मंगलबार, फाल्गुन २५ २०७७

दुई वर्ष सम्म सरकारी प्रतिबन्ध झेलेको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले नियोजित रुपमा हतियारको प्रश्न उठाउनेलाइ मुखतोड जवाफ दिएकाछन । पछिल्लो समय सरकारसग तीन बुँद्दे सहमति भैसकेको अवस्थामा केही दल र ब्यक्तिले चौथो बुँदाको खोजीको नाममा हतियारको प्रसग्ङ्ग उछाल्न खोजेको भन्दै विप्लव भने ‘ हतियार भने फलामे साधनको कुरा नगर्न चेतावनी दिदै आफ्नो पार्टी र नेतृत्वको दिमागका भएको बिचारको हतियार संसारका कुनै पनि तागतले खोस्न र बदल्न नसक्ने बताएकाछन । आफ्नो पार्टीको भातृ संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ७ औं राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै उक्त कुरा बताएका हुन ।
महासचिव विप्लवले एक प्रसङ्ग उल्लेख गर्दै विचार र स्वाभिमान नै उत्कृष्ट रोजाइ भन्दै बिदेशीको दास भएर, अन्याय सहेर बाच्नु भन्दा लडेर मर्नु हजार गुणा ठिक हुने बताएका छन्। महिला संगठनको सम्मेलन उद्घाटन गर्दै मन्तब्य राखेका महासचिव विप्लवले सर्वहारा र श्रमिक जनताको मुक्तिका खातुर हिम्मत गरेर लड्न तमाम युवा युवतीहरुलाई अपिल समेत गरेका छन् ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले सत्य र न्यायको पक्षमा निरन्तर नलडेर प्रचण्ड-बाबुरामले एक समय लडेर पनि पछि बाटो बिराएको बताएकाछन । सहिद परिवार, बेपत्ता परिवार, किसान मजदुर र आम जनताले न्याय नपाउदै उनीहरुले बाटो बिराएको भन्दै आक्रोस ब्यक्त गरेका छन् । एकसमय प्रचण्डले बोल्दा देश हल्लिने अवस्था भएको कुरा स्मरण गर्दै विप्लवले आफ्नो बर्ग र किसान मजदुरलाई छोड्ने र सहिद बेपत्तालाई छोडेर माधब नेपालहरुलाई काखी च्याप्ने गरेपछि प्रचण्डको कुरा कसैले नपत्याउने अबस्था आएको बताएका छन् । आफ्नो वर्ग छोडेर सत्ता र स्वार्थको लडाईमा लागेका प्रचण्ड-बाबुरामहरु नेपाली क्रान्तिका गद्दार र धोकेबाज भएको बताएका छन् । उनीहरु अहिले पनि आफ्नो गुट र आफ्नाहरुका लागि मात्र लुछाचुडी गरिरहेको भन्दै यस्ता धोकेवाजहरुलाई गाउँ पस्न नदिन जनतालाई आव्हान गरेका छन् । आफुहरुले हिजो त्यहि कुरा उठाउँदा पार्टीमाथि प्रतिबन्ध लगाएको भन्दै विप्लवले ओली-प्रचण्डहरुले आफुहरुलाई प्रतिबन्धित गरेर भ्रष्टाचारी र कमिशनखोरीलाइ संरक्षण गरेको बताएका छन् ।
आफ्नो पार्टीले किसानहरुलाई सस्तोमा वा निशुल्क ऋण देउ, बेरोजगारहरुलाई रोजगार देउ भनेकै भरमा नेकपाले बन्दुक उठाउन खोजेको भनेर बन्दुकको भरमा आफुहरुमाथि दमन गरिएको र प्रतिबन्ध लगाइएको भन्दै विप्लवले राज्यको अर्बौ रुपैया पचाएर बसेको (कर नतिरेको) एनसेलका बिरुद्ध आफुहरुले गरेको संघर्ष नेपाली जनता र देशको हितमा भएको भन्दै एनसेलमाथि कारवाही गरेको निहुँमा प्रतिबन्ध लगाउने ओली र प्रचण्डहरु दुवै राष्ट्रघाती र जनघाती भएको बताएका छन् । ब्यारेकमा रहेको जनमुक्ति सेनाको पैसा भ्रस्टाचार गरेको, हरेक सदस्यबाट ५ हजार पैसा काटेर क्रान्तिका लागि देउ भनेर १९ अरब आफै खाएको भन्दै प्रचण्ड बिरुद्ध आक्रोशित बनेका विप्लवले जनयुद्धका शहिद परिवार, बेपत्ता परिवार, र जनताले एक एक हिसाबकिताब गर्ने बताएका छन् । अहिले नेकपा र सरकारबीच भएको वार्तापछि उत्पन्न फरक अवस्थापछि जनतामा आफुहरुलाई पनि प्रचण्डहरु जस्तै हुने हुन् कि भन्ने आशंका रहेको भन्दै आफुहरु बरु मर्न तयार हुने तर प्रचण्डको बाटोमा कदापी नजाने प्रतिबद्दता जाहेर गरेका छन् ।

अहिले ओली सरकारले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाउदा सेना, प्रहरी, कर्मचारी सबै क्षेत्रका जनताले प्रतिबन्ध लगाउनु बेठिक छ भनेर प्रतिबाद गरेको बताएका छन् । आफुले राजनीतिक एजेण्डा राख्दा ओली सरकारले बन्दुक उठाएको भनेर प्रतिबन्ध लगाएको भन्दै अझै पनि बन्दुक देखाएर जनताको पार्टी र जनतालाइ हेप्न खोजे पुनः अर्को संघर्षले ठेगान लगाउने बताएका छन ।

अहिलेको वार्तामा आफुहरुले हतियार नदेखाएको भनेर कता कता कुरा उठेको प्रसङ्ग कोट्याउदै विप्लवले आफुहरुसँग अरुले भने जस्तो हतियार नभएको बताएका छन् । अहिले राजनीतिकमा नया ढंगले सोच्नुपर्ने बेला आएको र आफुहरुले हजारौ हजार जनताको सहभागितामा ठुला-ठुला सभा गरेर आफ्ना कुराहरु राख्ने र अहिलेको दलाल संसदीय व्यवस्थाका बिरुद्ध व्यापक जन परिचालन गर्ने संकेत समेत गरेकाछन ।
महासचिव विप्लवले भने यो दलाल संसदीय व्यवस्थाले जनयुद्ध लडेका प्रचण्ड-बाबुरामलाई समेत उस्तै दलाल बनाएको र उनीहरु अहिले जनयुद्ध समेत गलत थियो भन्ने स्तरको बिचलनमा पुगेको भन्दै यो व्यवस्था फेर्नुपर्छ भनेर आफुहरुले देशका आम नागरिकलाई आव्हान गरेको बताएका छन् । अहिलेको दलाल संसदीय व्यवस्था फालेर नेपालमा बैज्ञानिक समाजवाद स्थापना गर्न जनमत संग्रह गर्ने माग अगाडी सारेको बताएका महासचिव विप्लवले जनतालाइ ब्यक्ति र दल होइन ब्यवस्था छनौट गर्ने अवसर दिनुपर्ने धारणा प्रष्ट राखेकाछन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार