logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेकपाबाट निर्वाचित जनप्रतिनिधि अब ‘स्वतन्त्र’


  • राजनीति
  • मंगलबार, फाल्गुन २५ २०७७

गएको मङ्सिरमा भएको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको उपनिर्वाचनबाट निर्वाचित ५२ जना पदाधिकारीको हैसियत अब स्वतन्त्र हुने भएको छ । साथै जनताबाट निर्वाचित जनप्रतिनिधिको पद यथावत् रहने र कुनै दलमा प्रवेश गरेमा पद नजाने भएको छ ।

प्रमुख निर्वाचन आयुुक्त दिनेशकुमार थपलियाले भने, “उपनिर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पद तल माथि हुँदैन, उपयुक्त निरुपण गरिन्छ । त्यसका लागि महान्यायाधिवक्ताको सुुझाव पनि लिन सकिन्छ ।” उनले कानुनमा स्पष्ट व्यवस्था नभएकाले अहिल्यै आयोगले केही नभन्ने बताए ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाउने २०७५ जेठ २३ को निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले उत्प्रेषणको आदेशबाट बदर गरेको छ ।

एमाले र माओवादी केन्द्र एकीकरण गर्ने आयोगको निर्णय खारेज भइसक्यो । अब एमाले र माओवादी केन्द्र पुुनः ब्युुँतिएका छन् । सर्वोच्चको सो आदेशबाट केपी शर्मा ओली अध्यक्ष रहेको एमाले र पुुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपा माओवादी केन्द्र पुुनः ब्युुँतिएका हुन् ।

उपनिर्वाचनमा नेकपाबाट निर्वाचित भएका जनप्रतिनिधि एमाले वा माओवादी कुन दलतर्फ जाने भन्ने अन्योलचाहिँ कायमै छ ।एकीकरणपछि २०७६ भदौ १५ मा नयाँ दर्ता भएको नेपाल कम्युुनिस्ट पार्टी (माओवादी केन्द्) र २०७७ असार २० गते दर्ता भएको नेपाल कम्युुनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) दुुई दल पनि समस्यामा परेका छन् ।

यी दुुई दलले अब नयाँ नाम र निर्वाचन चिह्न लिनुपर्छ । प्रमुख आयुुक्त थपलियाले भने, “ती दुुई दलको दल दर्ता खारेज हुँदैन । एउटा दललाई नाम र अर्कोलाई नाम र निर्वाचन चिह्न नयाँ रोज्न दिइनेछ ।”

पूर्वप्रमुुख कार्यवाहक निर्वाचन आयुुक्त दोलखबहादुर गुरुङले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २९ मा रहेको कानुनी व्यवस्थाअनुसार उपनिर्वाचनमा निर्वाचित जनप्रतिनिधिको हैसियत स्वतन्त्र हुने उल्लेख गरे । सो दफामा संसदीय दलको सदस्य हुने प्रावधान छ । गो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार