logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

आक्रोशित विप्लवले भने फासिवाद विरुद्ध प्रतिरोध गरौं


  • राजनीति
  • आइतबार, असार १७ २०७५

शनिबार राजधानीमा आयोजित कार्यक्रमलाई हस्तक्षेप गरि नेता कार्यकर्ता गिरफ्तारी गरेको प्रती आक्रोशित हुँदै महासचिव नेत्र बिक्रम चन्द विप्लव ले बिज्ञप्ती जारी गरेकाछन । नेपाल कम्युनिस्ट पार्टीले केपी ओली नेतृत्व सरकारकाे फासीवादी कदमको विरुद्ध प्रतिरोध गर्न आव्हान गरेको छ ।

नेकपाका महासचिव विप्लवले असार १७ गते प्रेस विज्ञप्ति निकालेर उक्त कुरा जनाउनु भएको हो । असार १६ गते  नेकपाका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष असारे काका, पीबीएम पदम राई, अर्का पीबीएम भरत बम, केन्द्रीय सदस्य मकर गुरुङ, महिला संघ क्रान्तिकारी कि महासचिव धिरन्दा उपाध्यय लगायतका ४० जनालाई गिरफ्तार गरेपछि महासचिव विप्लवले विज्ञप्ति निकाल्नु भएको हो । विज्ञप्तिमा भनिएको छ “कम्युनिस्टको नाममा सामाजिक फासीवादको अभ्यास गरिराखेको केपी ओलीको सरकार गठन भएदेखि नै जनयुद्ध र जनआन्दोलनद्वारा प्राप्त सीमित राजनौतिक उपलब्धिहरु खोस्दै गएको छ । साथै, संसदीय दलहरुले नै बनाएको भनिएको संविधानमा राखिएका प्रावधानहरुलाई यो सरकारले लत्याइराखेका छ । मुलरुपमा नेपाल कम्युनिस्ट पार्टीको गतिविधिमाथि यो सरकारले अघोषित प्रतिबन्ध लगाएको छ । यो सरकार गठन भएदेखि नेकपाका दर्जनौं नेता कार्यकर्ताले जेल जीवन बिताएका छन् । सयौं कार्यकताहरुमाथि झुठा मुद्दा लगाइएको छ । दिनदिनै जस्तो गिरफ्तारीलाई बढाइ रहेको छ ।” अघि सरकारलाई आफ्नो पार्टीका नेता÷कार्यत्रर्ता तुरुन्त रिहा गर्न भन्दै भनिएको छ “यसैक्रममा असार १६ गतेका दिन काठमाडौंमा आयोजित ध्रुवीकरण कार्यक्रममाथि यो सामाजिक फासीवादी केपी सरकासरले हस्तक्षेप गरी नेकपाका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष इश्वरी दाहाल (असारे काका), पोलिट ब्युरो सदस्य तथा जनपरिषद नेपालका उपप्रमुख एवं पूर्व मन्त्री पदम राई, पोलिट ब्युरो सदस्य भरत बम, केन्द्रीय सदस्य मकर गुरुङ, अनेमसंघ क्रान्तिकारीकी महासचिव धिरन्दा उपाध्यय, जनगणतान्त्रिक मञ्चका अध्यक्ष रत्न मगर लगायतका ४० जनालाई गिरफ्तार गरेर प्रहरी हिरासतमा राखेको छ । यो घटनाले आफूलाई वामपन्थी भनेर चुनाव जितेको केपी—पीके कम्पनीलाई छाडेर नेता÷कार्यकर्ताहरु क्रान्तिकारी धारमा समाहित हुन थालेपछि अतालिन पुगेको सहजै अनुमान गर्न सकिन्छ ।


गिरफ्तार सबै कमरेडहरुलाई बिना शर्त तुरुन्त रिहाइको लागि जोडदार माग गरिन्छ । यदि रिहा नगरिएको खण्डमा हाम्रो पार्टी सशक्त संघर्ष गर्न बाध्य हुने छ । साथै, यो सरकारले काठमाडौंका विभिन्न स्थानहरुमा सभासम्मेनलमाथि पूर्ण प्रतिबन्ध लगाई हिजो कै राजतन्त्रात्मक निरङ्कुश शासनको झल्को दिइरहेको छ । हामी यो सरकारको यस्तो निरङ्कुश कदमको घोर निन्दा गर्नुका साथै, देशभक्त, सच्चा जनवादी, नागरिक समाज एकजुट भएर प्रतिवाद गर्न पनि आव्हान गर्दछौं ।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार