logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

एकाएक एमाले सचिवालय बैठक स्थगित


  • राजनीति
  • मंगलबार, फाल्गुन २५ २०७७

मंगलबार बिहान बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । तयारी नपुगेकाले बैठक स्थगित गरिएको एमाले महासचिव ईश्वर पोखरेलको सचिवालयले जनाएको छ ।

माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरु एमालेमै फर्किने निर्णय गर्नुअघि नै महासचिव पोखरेलले मंगलबार बिहान ९ बजे सचिवालय बैठक आह्वान गरेका थिए ।

नेपाल, खनालसहितका नेताहरु एमालेमै फर्किने निर्णयमा पुगेपछि थप तयारीका लागि भन्दै बैठक स्थगित गरिएको हो ।

यो समितिमा ईश्वर पोखरेलको नेतृत्वमा दुई उपमहासचिव, पाँच सचिव र कार्यालय सचिव हुन्छन् । यो समितिले पार्टीको व्यवस्थापन लगायतका काम गर्दछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार