logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

मन्त्रिपरिषद बैठक सकियाे, हेर्नुस् निर्णय


  • राजनीति
  • मंगलबार, फाल्गुन २५ २०७७

आकस्मिक साझ ५ बजे बसेकाे मन्त्रिपरिषद् बैठक सकिएकाे छ । बैठकले मुलुकको केन्द्रीय बैंकको दोस्रो ठूलो पद डेपुटी गभर्नरमा नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र नियुक्त भएका छन् । मंगलबार बसेको बैठकमा ढुंगाना र मिश्रलाई डेपुटी गभर्नर नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

डेपुटी गभर्नर बनेकी ढुंगाना हाल सार्वजनिक ऋण व्यवस्थापन विभाग प्रमुख हुन् । डेपुटी गभर्नरको एउटा कुर्सी समावेशी बनाउने सन्दर्भमा पनि उनलाई बलियो स्पर्धी मानिएको थियो । बमबहादुर मिश्र विदेशी विनियम विभाग प्रमुख रहेका कार्यकारी निर्देशक हुन् ।

पाँच वर्ष अघि डेपुटी गभर्नर नियुक्त भएका चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठको म्याद आगामी १९ फागुनमा सकिएको थियो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार राष्ट्र बैंकमा कार्यरत कार्यकारी निर्देशकहरुमध्येबाट २ जनालाई गभर्नरको सिफारिसमा मन्त्रिपरिषदले डेपुटी गभर्नरमा नियुक्त गर्नुपर्छ । राष्ट्र बैंकमा रहेका १७ जना कार्यकारी निर्देशकमध्ये ६ जनालाई प्रतिस्पर्धीका रुपमा हेरिएको थियो ।

याे पनि
विचारकाे ह’ति’या’रलाइ संसारकाे कुनै पनि तागतले खाेस्न सक्दैन : महासचिव विप्लव

दुई वर्ष सम्म सरकारी प्र’ति’ब’न्ध झेलेको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले नियोजित रुपमा ह’ति’या’रको प्रश्न उठाउनेलाइ मु’ख’तो’ड जवाफ दिएकाछन । पछिल्लो समय सरकारसग तीन बुँद्दे सहमति भैसकेको अवस्थामा केही दल र ब्यक्तिले चौथो बुँदाको खोजीको नाममा ह’ति’या’रको प्रसग्ङ्ग उछाल्न खोजेको भन्दै विप्लव भने ‘ ह’ति’या’र भने फ’ला’मे साधनको कुरा नगर्न चे’ता’व’नी दिदै आफ्नो पार्टी र नेतृत्वको दिमागका भएको बिचारको ह’ति’या’र संसारका कुनै पनि तागतले खोस्न र बदल्न नसक्ने बताएकाछन ।

आफ्नो पार्टीको भातृ संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ७ औं राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै उक्त कुरा बताएका हुन ।

महासचिव विप्लवले एक प्रसङ्ग उल्लेख गर्दै विचार र स्वाभिमान नै उत्कृष्ट रोजाइ भन्दै बिदेशीको दास भएर, अन्याय सहेर बाच्नु भन्दा लडेर म’र्नु हजार गुणा ठिक हुने बताएका छन्। महिला संगठनको सम्मेलन उद्घाटन गर्दै मन्तब्य राखेका महासचिव विप्लवले सर्वहारा र श्रमिक जनताको मुक्तिका खातुर हिम्मत गरेर लड्न तमाम युवा युवतीहरुलाई अपिल समेत गरेका छन् ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले सत्य र न्यायको पक्षमा निरन्तर न’ल’डे’र प्रचण्ड-बाबुरामले एक समय लडेर पनि पछि बाटो बिराएको बताएकाछन । सहिद परिवार, बेपत्ता परिवार, किसान मजदुर र आम जनताले न्याय नपाउदै उनीहरुले बाटो बिराएको भन्दै आ’क्रो’स ब्यक्त गरेका छन् । एकसमय प्रचण्डले बोल्दा देश हल्लिने अवस्था भएको कुरा स्मरण गर्दै विप्लवले आफ्नो बर्ग र किसान मजदुरलाई छोड्ने र सहिद बेपत्तालाई छोडेर माधब नेपालहरुलाई काखी च्याप्ने गरेपछि प्रचण्डको कुरा कसैले नपत्याउने अबस्था आएको बताएका छन् ।

आफ्नो वर्ग छोडेर सत्ता र स्वार्थको ल’डा’ईमा लागेका प्रचण्ड-बाबुरामहरु नेपाली क्रा’न्ति’का ग’द्दा’र र धो’के’बा’ज भएको बताएका छन् । उनीहरु अहिले पनि आफ्नो गु’ट र आफ्नाहरुका लागि मात्र लुछाचुडी गरिरहेको भन्दै यस्ता धो’के’वा’जहरुलाई गाउँ पस्न नदिन जनतालाई आव्हान गरेका छन् । आफुहरुले हिजो त्यहि कुरा उठाउँदा पार्टीमाथि प्र’ति’बन्ध लगाएको भन्दै विप्लवले ओली-प्रचण्डहरुले आफुहरुलाई प्र’ति’ब’न्धि’त गरेर भ्र’ष्टा’चा’री र कमि’शन’खोरीलाइ संरक्षण गरेको बताएका छन् ।

आफ्नो पार्टीले किसानहरुलाई सस्तोमा वा निशुल्क ऋण देउ, बेरोजगारहरुलाई रोजगार देउ भनेकै भरमा नेकपाले ब’न्दु’क उठाउन खोजेको भनेर ब’न्दुकको भरमा आफुहरुमाथि द’म’न गरिएको र प्र’ति’ब’न्ध लगाइएको भन्दै विप्लवले राज्यको अर्बौ रुपैया पचाएर बसेको (कर नतिरेको) एनसेलका बि’रु’द्ध आफुहरुले गरेको सं’घ’र्ष नेपाली जनता र देशको हितमा भएको भन्दै एनसेलमाथि कारवाही गरेको निहुँमा प्र’ति’ब’न्ध लगाउने ओली र प्रचण्डहरु दुवै राष्ट्रघाती र जनघाती भएको बताएका छन् । ब्यारेकमा रहेको जनमुक्ति सेनाको पैसा भ्रस्टाचार गरेको, हरेक सदस्यबाट ५ हजार पैसा काटेर क्रा’न्ति’का लागि देउ भनेर १९ अरब आफै खाएको भन्दै प्रचण्ड बि’रु’द्ध आ’क्रो’शित बनेका विप्लवले ज’न’यु’द्धका शहिद परिवार, बे’प’त्ता परिवार, र जनताले एक एक हिसाबकिताब गर्ने बताएका छन् ।

अहिले नेकपा र सरकारबीच भएको वार्तापछि उत्पन्न फरक अवस्थापछि जनतामा आफुहरुलाई पनि प्रचण्डहरु जस्तै हुने हुन् कि भन्ने आशंका रहेको भन्दै आफुहरु बरु म’र्न तयार हुने तर प्रचण्डको बाटोमा कदापी नजाने प्रतिबद्दता जाहेर गरेका छन् ।

अहिले ओली सरकारले आफ्नो पार्टीमाथि प्र’ति’ब’न्ध लगाउदा सेना, प्रहरी, कर्मचारी सबै क्षेत्रका जनताले प्रतिबन्ध लगाउनु बेठिक छ भनेर प्रतिबाद गरेको बताएका छन् । आफुले राजनीतिक एजेण्डा राख्दा ओली सरकारले बन्दुक उठाएको भनेर प्रतिबन्ध लगाएको भन्दै अझै पनि बन्दुक देखाएर जनताको पार्टी र जनतालाइ हे’प्न खोजे पुनः अर्को सं’घ’र्ष’ले ठेगान लगाउने बताएका छन ।

अहिलेको वार्तामा आफुहरुले ह’ति’या’र नदेखाएको भनेर कता कता कुरा उठेको प्रसङ्ग कोट्याउदै विप्लवले आफुहरुसँग अरुले भने जस्तो ह’ति’या’र नभएको बताएका छन् । अहिले राजनीतिकमा नया ढंगले सोच्नुपर्ने बेला आएको र आफुहरुले हजारौ हजार जनताको सहभागितामा ठुला-ठुला सभा गरेर आफ्ना कुराहरु राख्ने र अहिलेको दलाल संसदीय व्यवस्थाका बि’रु’द्ध व्यापक जन परिचालन गर्ने संकेत समेत गरेकाछन ।

महासचिव विप्लवले भने यो दलाल संसदीय व्यवस्थाले ज’न’यु’द्ध लडेका प्रचण्ड-बाबुरामलाई समेत उस्तै दलाल बनाएको र उनीहरु अहिले जनयुद्ध समेत गलत थियो भन्ने स्तरको बिचलनमा पुगेको भन्दै यो व्यवस्था फेर्नुपर्छ भनेर आफुहरुले देशका आम नागरिकलाई आव्हान गरेको बताएका छन् । अहिलेको दलाल संसदीय व्यवस्था फालेर नेपालमा बैज्ञानिक समाजवाद स्थापना गर्न जनमत संग्रह गर्ने माग अगाडी सारेको बताएका महासचिव विप्लवले जनतालाइ ब्यक्ति र दल होइन ब्यवस्था छनौट गर्ने अवसर दिनुपर्ने धारणा प्रष्ट राखेकाछन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार