राजनीति
विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी काे ७ औ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। कपिलवस्तु जिल्लामा एक भब्य समारोहबीच हिजाे नेकपाका महासचिव नेत्र बिक्रम चन्द विप्लवले सम्मेलनकाे उद्धघाटन गरेका थिए ।
सम्मेलनले संगठनकाे अध्यक्ष मा पुन बन्धु चन्दलाई निर्वाचित गरेकाे छ । हिजै रातीबाट सुरु भएको बन्दसत्र आज सकिएकाे बुझिएकाे छ । सम्मेलनबाट अध्यक्ष बन्धु चन्द, उपाध्यक्ष धिरेन्द्रा उपाध्यक्ष, महासचिव राजकुमारी शाही, सचिव उषा मगर र काेषाध्यक्षमा कमला लिम्बू सहित २६ सदस्सिय केन्द्रीय समिति निर्वाचित गर्दै सम्पन्न भएको छ ।