राजनीति
CPN-UML Chairman Jhalanath Khanal speaks with UML Parliamentary Party leader KP Oli during the press meat of UML party's 9th National Convention at Bhrikuti Mandap in Kathmandu on Wednesday, July 02, 2014,
POST PHOTO: BHASWOR OJHA/ KANTIPUR
नेकपा एमालेका नेता झलनाथ खनालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले पूरा कार्यकाल काम गर्नुपर्ने बताएका छन् । सत्तारुढ दल नेकपा एमाले आगामी दुई वर्ष नै वर्तमान सरकार जोगाउन लाग्ने उनले बताए ।
‘नेकपा एमालेको वरिष्ठ नेताको हैसियतले यो सरकार नै दुई वर्ष जानुपर्छ भन्ने म चाहन्छु,’ पूर्वप्रधानमन्त्री खनालले संसद भवन परिसरमा बुधबार पत्रकारहरुसँग भने ।
सरकार टिकाउने दायित्व प्रधानमन्त्रीको हो कि तपाईंहरुको पनि हो भन्ने प्रश्नमा खनालले भने, ‘हाम्रो पार्टी नेकपा एमालेको । कुनै व्यक्तिले जोगाएर पनि जोगिँदैन । पार्टीले जोगाउन थालेपछि जोगिन्छ । हामी जोगाउनै लाग्छौं ।’उनले संसदमा अब नयाँ खेल सुरु हुने पनि बताए ।
तीन वर्षपछि पुनः नेकपा एमालेको सांसद बन्दाको अनुभवबारे राखिएको जिज्ञासामा खनालले आफूलाई बडो रमाइलो लागेको बताए ।