logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नयाँ दल बनाउने मुडमा गाैतम, गरे यस्ताे घाेषणा


  • राजनीति
  • शनिबार, फाल्गुन २९ २०७७

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिल्ने सम्भावना समाप्त भएको प्रतिक्रिया दिएका छन् । ओलीद्वारा शुक्रबार गरिएको निर्णयहरूप्रति असन्तुष्टि जनाउँदै ओलीसँग मिल्ने सम्भावना समाप्त भएको गौतमले बताए ।

गौतमलाई उद्धृत गर्दै उनका प्रेस संयोजक विश्वमणि सुवेदीले ट्वीटरमा लेखेका छन्, ‘केपी ओलीसँग मिल्ने र उहाँसँगै जाने सम्भावना समाप्त भयो ।’ अदालतको फैसलाले एमाले र माओवादी ब्यूँतिएपछि एमालेमा ओलीले सबैलाई मिलाएर लैजानुपर्ने गौतमको मत थियो ।

तर, ओलीले शुक्रबार एकलौटी रुपमा अध्यक्ष र महासचिव बाहेकका पदाधिकारीको जिम्मेवारी खोसेर मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेपछि गौतमले गम्भीर आपत्ति जनाएको बुझिएको छ ।

एमाले र माओवादी सम्मिलित नेकपामा विभाजन उत्पन्न भएयता गौतमले एकताका लागि जोड दिँदै आएका थिए । राष्ट्रिय पार्टी एकता अभियान सञ्चालन गरेर उनी प्रचण्ड माधव र ओली समूह दुबैमा नलागि तथष्ट बसेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार