logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

ओलीलाइ चुनाैती, आज ११ बजे माधव समुहकाे केन्द्रीय कमिटी बैठक


  • राजनीति
  • शनिबार, फाल्गुन २९ २०७७

नेकपा (एमले) का अध्यक्ष केपी शर्मा ओली पक्षले आज अपरान्ह गरेको निर्णय माधव कुमार नेपाल पक्षले नमान्ने भएको छ । ओली पक्षको केन्द्रीय कमिटीले गरेका सबै निर्णय अवैधानिक भएको नेपाल पक्षको निश्कर्ष छ । ओलीले प्रतिशोध साँध्नेगरि एकलौटी र अवैधानिक निर्णय गरेको नेताहरुको निश्कर्ष थियो ।

नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठक नयाँबानेश्वरस्थित होटल अर्यालमा बसेको थियो । उक्त बैठकले विधान विपरीत आएको ओलीको निर्णय मान्न नसकिने भन्दै अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्ने निश्कर्ष निकालेको हो।

एक नेताकाअनुसार उक्त समूहले भोलि विहान ११ बजेको लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ । र, चैत्र पहिलो साता राष्ट्रिय भेलाको आयोजना पनि गर्ने पनि आजको बे७कले निश्कर्ष निकालेको छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार