logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

प्रचण्ड माओवादीसंग पार्टी एकता गर्दै माधव समुह


  • राजनीति
  • आइतबार, चैत्र १ २०७७

सत्तारूढ दल नेकपा एमाले फुटकाे अन्तिम संघारमा छ। नेकपा एमाले फुटेपछि नेताहरु के गर्लान कसरी अगाडि बढ्लान सर्वत्र चासाेकाे बिषय बनेको छ ।

पार्टी संगठनको असन्तुष्टिको असर विस्तारै सरकारमा पर्न थाल्यो । भित्रभित्रै सल्किएको आगो सार्वजनिक मञ्च र संसदमा देखिन थालेका थिए । शक्ति समीकरण आफ्नो पक्षमा बनाउने नेताहरुको स्वार्थ र पत्र युद्दले अन्तत नेकपा अनौपचारिक विभाजनमा पुग्यो । संसद बिघटनदेखि नेकपा पार्टी आधिकारिकतासम्म आइपुग्दा नेकपा पूर्ववत अबस्थामा नै फर्कियो। नेकपाले ऐतिहासिक ४१ महिनाको अवसर अन्ततः गुमाएको छ ।

अहिले पार्टी नेतृत्वले पेलेर गएपछि माधब-झलनाथ समुह ओलीसंग एक भएर जान नसक्ने निष्कर्षमा पुगेका छन् । अध्यक्ष ओलीले पेलेरै अगाडि बढ्न खोजेपछि खनाल-नेपाल समूहले देशभर समानान्तर कमिटी बनाउने तयारी गरेका छन् ।

अध्यक्ष ओलीले शुक्रबार आफू निकट नेताहरुको बैठक राखेर बाधा अड्काउ फुकाउमार्फत विधान संशोधन गर्दै महासचिव बाहेकका पदाधिकारी खारेज गर्दै माओबादीसहित पार्टी एकीकरणमा आएका पहिलेका सदस्य समेत गरि पार्टीमा खनाल र नेपाल निकट नेताहरुको जिम्मेवारी खोस्ने र उनीहरुको संख्या समेत ४० % नपुग्ने अबस्थामा पुर्याएर पार्टीको दशौं महाधिवेशन २-६ मंसिर २०७८ मा गर्ने निर्णय गरेका थिए ।

ओलीले पार्टीको बैठक नै नराखी माधवकुमार नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेपछि माधब नेपाल समुहले प्रचण्ड नेतृत्वको माओबादीसँग पार्टी एकता गर्ने तयारी गरेको छ । ओली बाहेक यी दुई पार्टी एकता गरेर आगामी निर्वाचनमा जाने तयारी गरिरहेको छ ।

नेकपाको आधिकारिकता विवाद नटुंगिँदै नामसम्बन्धी विवादमा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएको थियो । ओलीले गरेको विधान संशोधनअनुसार, अब कुनैपनि नेता आजीवन नेतृत्वमा रहन, जति पनि केन्द्रीय सदस्य बनाउन र निर्धारित समयमै महाधिवेशन गराउनुपर्ने बाध्यताबाट समेत हटेको छ । दलभित्र आलोचनाको स्वर नसुन्ने र प्रतिकुल हुने सवै व्यवस्था भत्काउँदै ओली अगाडि बढेका छन् । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालको पक्षका नेताहरुले ओलीले एमाले पार्टी अनौपचारिक रुपमा बिभाजन गरेको निष्कर्ष निकालेका छन् ।

अदालतको फैसलापछि एमाले एकताबद्ध बनाउने ऐतिहाँसिक अवसर गुमाएका ओलीले अहिले एमाले पुनर्मिलनको ढोका समेत बन्द गरिदिएको माधव-झलनाथ समुहको निष्कर्ष छ ।

अदालतको फैसलासँगै नेपाल-खनाल समूहले पूर्वपार्टी एमालेमै रहने निर्णय गरेको थियो । तर पुनस्र्थापित एमालेको औपचारिक बैठक बस्नु अगाडि नै ओलीले आफ्नो समूहको बैठक राखेर बाधा अड्काउ फुकाउमार्फत विधान संशोधन गर्दै महासचिवबाहेकका पदाधिकारीहरु हटाउने, नेपाल समूहका नेताहरुको जिम्मेवारी खोस्ने र एकतर्फी रुपमा गरेको महाधिवेशनको मिति घोषणापछि खनाल-नेपाल समूहले अब एक भएर जान नसकिने निष्कर्ष निकाल्दै प्रचण्ड माओबादीसँग एकता गरेर जाने तयारी गरेको छ । साबिकको नेकपा विभाजित हुँदा पूर्व एमालेको एउटा पक्ष ओलीतिर थियो भने अर्को पक्षले प्रचण्डतिर रहेको थियो भने ओली अल्पमतमा परेका थिए ।

ओलीले प्रदेश १ को इन्चार्जमा भीम आचार्यलाई हटाएर सुवासचन्द्र नेम्वाङ, बाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादल, कर्णाली प्रदेशको इन्चार्जमा युवराज ज्ञवालीलाई हटाएर यामलाल कँडेल र सुदूरपश्चिमम प्रदेशको इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ । प्रदेश २ का सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीमा शंकर पोखरेल कायमै छन् । उनीहरु ओली पक्षका नेताहरु हुन् ।

यस्तै विदेश विभाग प्रमुखमा माधवकुमार नेपाललाई हटाएर राजन भट्टराई तोकिएका छन् । प्रदेश इन्चार्ज र विभाग प्रमुखबाट नेपाल खनाल पक्षका नेताहरुको जिम्मेवारी खोसेर ओली पक्षका नेताहरुलाई दिइएको छ। ओलीले माधव नेपाल पक्षीय नेताहरुको जिम्मेवारी खोस्नुका साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादल समूहका २२ नेतालाई केन्द्रीय सदस्य मनोनित गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार