logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

एमालेको नाम फेर्न आयोगमा निवेदन : के होला अब ?


  • राजनीति
  • मंगलबार, चैत्र ३ २०७७

सर्वोच्च अदालतको निर्णयले पुरानै एमाले बौरिएपछि सन्ध्या तिवारीले पार्टीको नाम फेर्ने भएकी छन् । नाम फेर्नका लागि उनले निर्वाचन आयोगमा आज निवेदन दिएकी हुन् ।

तिवारीले आयोगलाई लेखेको पत्रमा पार्टीको नाम संशोधन गर्न आग्रह गरिएको छ । पत्रमा पार्टीको नाम परिवर्तन गरी जनताको जनवादी पार्टी (जजपा) राख्ने निर्णय भएको पनि उल्लेख छ ।

‘तहाँको पत्रअनुसार यस दलको केन्द्रीय समितिको मिति २०७७।१२।०१ को निर्णयअनुसार यस दलको नाम हालसम्म नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) रही आएकोमा उक्त निर्णय मिति २०७७।१२।०१ देखि नै लागू हुने गरी यस दलको नाम ‘जनताको जनवादी पार्टी नेपाल’ छोटकरीमा ‘जजपा’ रहने गरी निर्णय भएकोले सोही बमोजिम यस दलको नाम संशोधन गरिदिनु हुन केन्द्रीय समितिको मिति २०७७।१२।०१ को निर्णयको छाँयाप्रति संलग्न राखी पेश गरेको व्यहोरा अनुरोध गर्दछु’, पत्रमा भनिएको छ ।

तिवारीले करिव एक वर्षअगाडि निर्वाचन आयोगमा एमाले नामको दल दर्ता गरेकी थिइन् । फागुन २३ गतेको अदालतको फैसलाले नेकपाको एकता बदर भई पहिलेकै एमाले पुनर्स्थापित भएपछि निर्वाचन आयोगले तिवारीलाई नाम संशोधन गर्न पत्र पठाएको थियो ।

त्यसो त तत्कालिन नेकपाभित्रको अन्तरविरोध चर्किंदै जाँदा पार्टी फुटाउने उद्धेश्यले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीकै निर्देशन र महेश बस्नेतको पहलमा तिवारीले पार्टी दर्ता गरेको चर्चा त्यतिबेलै चलेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार